१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंको फोहोर आफैँ सिसडोल पुर्‍याउन नागरिक अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१२:oo

नागरिक अभियन्ताहरू आफैँले काठमाडौंको फोहोर सिसडोल डम्पिङसाइटसम्म पुर्‍याउने अभियान सुरु गरेका छन्। नेपाल सरकार र काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाइ अभियानमा लागिपरेका नागरिक अभियन्ताहरूले मंगलबारबाट काठमाडौंको फोहोर उठाएर सिसडोल डम्पिङसाइटसम्म पुर्‍याउने अभियान सुरु गरेका हुन्।

काठमाडौंको रत्नपार्कबाट सुरु गरिएको यो अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाइ अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरू रहेको विश्व सरसफाइ अभियन्ता राज मानवले जानकारी दिए। उनले बर्खायाममा फोहोर व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरूले सो फोहोर सिसडोलसम्म पुर्‍याएर महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको पनि स्पष्ट पारेका छन्।

‘कोभिडको महामारी भइरहेको यो अवस्थामा फोहोर सडकमा राख्ने कुरा आउँदैन। त्यसमा नागरिक आफैँ सजग होऔँ भन्ने अभियानमा साथ फोहोर उठाउने काम सुरु गरिएको हो। राजनीतिक दलहरूले हरेक भाषणमा यो फोहोरको समस्या समाधान हुन्छ भन्दै आए पनि यो समस्या समाधान हुन सकेन। त्यसैले काठमाडौंको फोहोरलाई जिम्मेवार नागरिकको हैसियतले आफैँले व्यवस्थापन गर्नुपर्छ भनेर सफाइ अभियान सुरु गरिएको हो,’ उनले भने।

सफाइ अभियानमा बागमती सफाइ अभियान, रुद्रमती सफाइ अभियान, महाराजगन्ज सफाइ अभियानलगायतका संस्थाहरू सहभागी भएका छन्। अभियानमा सहभागी भएका अभियन्ताहरूले ‘म मेरो देश फोहोर गर्दिनँ’ लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका छन्।

काठमाडौंमा विगत २५ दिनयता फोहोर उठन नसकेपछि बिग्रिएको सडक तत्काल निर्माण गरी सिसडोलमा त्यसको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न काठमाडौं महानगरपालिका र नेपाल सरकारमाथि चर्को दबाब परेको छ।