१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १४:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देशका अधिकांश भूभागमा झरी, मंगलबार साँझदेखि मात्रै मनसुन सुधार हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:४४:oo

विगत चार दिनयता देशका सबैजसो भूभागमा पानी परिरहेको छ । मनसुन सक्रिय रहेका कारण हाल वर्षा भइरहेको हो । उपत्यकालगायत देशभरि परिरहेको झरी अझै केही दिन कायमै रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म अधिकांश भूभागमा पानी पर्ने अनुमान गरिएको छ । गत २४ घन्टामा सबैभन्दा बढी कपिलवस्तुमा (१८५ मिलिमिटर) पानी परेको छ ।

आइतबार बिहान पाँचवटा प्रदेशमा बढी पानी परेको छ । प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा २४ घन्टामा बढी पानी परेको हो ।  त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबार रातिदेखि प्रदेश १, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

यी क्षेत्रमा आइतबार र सोमबार उत्तिकै मात्रामा पानी पर्ने महाशाखाले जनाएको छ । मंगलबार साँझपखबाट भने मौसममा क्रमिक सुधार आउने महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए । ‘महाशाखाका अनुसार असोजको पहिलो सातासम्म मनसुन सक्रिय रहने छ । ‘पानी सबैजसो भूभागमा पर्ने देखिन्छ, पर्सिदेखि मौसममा सुधार हुन्छ,’ उनले भने ।
 

ad
ad