१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:oo:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण डिजिटल संस्करण

चौथाइवालेको भ्रमण : भाजपाले नेपाललाई कसरी हेर्दै छ ?

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:oo:oo

भदौ ६ देखि १० सम्म उच्च राजनीतिक भेटवार्ता गरेर भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले दिल्ली पुगेका छन्। अप्रत्यासित र अचानकजस्तो देखिए पनि उनको नेपाल भ्रमण पूर्ण तयारी र होसियारीका साथ तय भएको देखिन्थ्यो। भेटवार्ताका प्रकृति हेर्दा देखिन्थ्यो कि एउटा परिस्थितिजन्य घटनाले नेपालमा सरकार परिवर्तन भएपछिको राजनीतिक माहोल बुझ्न, सरकारसँग सम्बन्धको डोरी कस्न र नेपालका राजनीतिक दलहरूलाई इन्गेज गर्न उनी नेपाल आएका थिए। उनको भ्रमण यस्तो वेलामा भएको थियो, जतिवेला एमाले र जनता समाजवादी दल विधिवत् फुट्दै थिए भने कांग्रेस महाधिवेशनका लागि जुट्दै थियो। परिस्थितिले यस्तो संयोग जुराइदिएका समयमा चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु देउवाको हातबाट राखी बाँधेपछि विकसित भएको सम्बन्धको नयाँ साइनोसमेत काठमाडौंको राजनीतिक र कूटनीतिक वृत्तमा चर्चाको विषय भएको छ। 

देउवा नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा सरकार गठनपछि भारतीय राजनीतिक पक्षसँग पहिलोपटक यो स्तरमा संवादको अवसर जुरेको छ। चौथाइवालेले जनता समाजवादी पार्टीका नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराईलाई भेटेनन्। कांग्रेसका सहमहान्त्री डा. प्रकाशशरण महतको निम्तोमा आएका उनले करिब एक दर्जन कांग्रेसका नेताहरू भेटे । 

भाजपा नेता चौथाइवाले भ्रमणको मुख्यः तीन उद्देश्य देखिन्छ। पहिलो, परिवर्तित परिस्थितिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका नेपाली समकक्षी देउवाबीच विश्वासको सम्बन्ध विकसित गर्ने। सर्वोच्च अदालतको फैसलाबाट संसद् पुनस्र्थापना हुनुअघिसम्म ओली सरकारलाई भारतको धाप छ भन्ने बुझाइ काठमाडौं र दिल्लीमा व्याप्त थियो जुन आधारहीन थिएन। यतिसम्म कि भारतको सहयोग नहुने हुनाले देउवाले प्रधानमन्त्रीका रूपमा अघि सर्न नचाहेको भन्नेसम्मको चर्चा स्वयं कांग्रेस वृत्तमा चलेको थियो। किनभने यसपटक प्रधानमन्त्री हुन देउवाले विगतमा जस्तो अभिरुचि देखाएका होइनन्, उनीकहाँ प्रधानमन्त्रीको पद आइलागेको हो। तर, विकसित राजनीतिक घटनाक्रममा यो सरकारसँग दिल्लीको सम्बन्ध अस्पष्ट नै हो त? वास्तवमा दुवै पक्ष यो सरकार भारतले नरुचाएको हो भन्ने विषयको खण्डन चाहन्थे र भारतको प्रतिकूल धरातलमा सरकार गठन भएको होइन भन्ने विषयमा दुवै पक्षले स्पष्ट सन्देश दिन चाहेका थिए। यही सन्दर्भमा दुवै पक्षले राजनीतिक च्यानलको प्रयोग गर्ने निष्कर्ष निकाले। कांग्रेसका तर्फबाट सहमहामन्त्री महतले भाजपालाई चिठी पठाउने र उताबाट चौथाइवाले आउने तय भएको थियो। मोदीको अघिल्लो कार्यकालमा नेपाल मामिला सञ्चालनमा भाजपामा हाबी भएका राम माधवको ठाउँमा अहिले हाबी भएका चौथाइवाले सरकारसँग सम्बन्ध सुधारको एउटा उद्देश्य राखेर आएका थिए। भाजपा अध्यक्ष जेपी नड्डा, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको स्वीकृतिमा उनी काठमाडौं ओर्लनुअघि भारतीय कूटनीतिक च्यानलमार्फत सबै भेटवार्ताहरूको चाँजोपाँजो मिलाइसकिएको थियो। 

जनैपूर्णिमा/रक्षा बन्धनका दिन उनको काठमाडौं भ्रमण आफैँमा सन्देशमूलक थियो। त्यसमा पनि उनले प्रधानमन्त्रीपत्नी आरजुबाट राखी बाधेर दुई सन्देश र भावना दुवै प्रवाह गरेका थिए। दुई देशको सभ्यतादेखिको नागरिक सम्बन्ध त्यसले प्रकट गरेकै थियो, देउवालाई भाजपाको सद्भावको प्रतीकात्मक सन्देश पनि चौथाइवालेले दिएका थिए। आरजु–चौथाइवालेको दिदीभाइ सम्बन्धको जगमा उभिएर चौथाइवाले–देउवा सम्बन्ध साला–भेनामा परिणत हुनुको अर्थ, देउवालाई दिल्लीसँग काम गर्न सहज छ भन्ने सन्देश हो। 

नेपाल र भारतबीच सरकारीस्तरमा संवाद हुनुपर्ने र समाधान गर्नुपर्ने विषयहरू अनेक छन्। पछिल्लोपटक महाकाली नदीको तुइनमा खसेर नेपाली नागरिक बेपत्ता भएको दुःखद घटना भएको छ। यसबारे छानबिनपछि दुई देशबीच कूटनीतिकस्तरमा संवाद हुने अपेक्षा छ। दुई देशबीच सीमा विवाद, सीमामा सुरक्षाबलको व्यवहार, दुई देशका सन्धि–सम्झौता पुनरावलोकनदेखि कार्यान्वयनसम्मका विषयहरू छँदै छन्। दुई सरकार र औपचारिक संयन्त्रले ती विषय टुंग्याउन नसक्दा वा टुंग्याउने मनसाय नराख्दा त्यसको असर सम्बन्ध अन्य पक्षमा पनि परेको छ।

चौथाइवालेले देउवासँग एकाध घन्टा एकान्त वार्ता गरे। उनको काठमाडौं यात्राको मुख्य पहिलो उद्देश्य यही थियो। समकक्षी महतले आयोजना गरेको रात्रिभोजमा कांग्रेसको महङ्खवपूर्ण तप्कासँग उनको अनौपचारिक संवाद भयो जहाँ प्रधानमन्त्रीपत्नी आरजु पनि सहभागी भइन्। तर, त्यसमा प्रधानमन्त्री देउवा सहभागी भएनन्। मलाई सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दिल्ली भ्रमणको याद आयो। ओलीलाई भारत विश्व सम्बन्ध परिषद्ले आयोजना गरेको कार्यक्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भाइ भनेकी थिइन्। त्यो दिन ओलीको जन्मदिन परेको थियो। स्वयं देउवा अघिल्लोपटक भारतको औपचारिक भ्रमण गर्दा रोचक घटना भएको थियो। मोदीसँग संयुक्त पत्रकार सम्मेलनका क्रममा हैदराबाद हाउसमा बोलिरहेका वेला खोकी लागेका देउवालाई स्वराजले आफैँ पानी दिएकी थिइन्। अहिलेको राखी त्योभन्दा माथि र भावनात्मक छ। यो कूटनीतिक र राजनीतिभन्दा माथि छ। देउवा र मोदीका सन्देश आदानप्रदान एकान्त वार्तामा भए नै, छलफलका बाँकी विषय समयक्रममा सार्वजनिक होलान् नै। आरजु र कांग्रेस नेता उदयशमशेर राणाको समन्वयमा प्रधानमन्त्री देउवाका तर्फबाट मोदीलाई पशुपतिनाथ मन्दिरको टीका, रुद्राक्षसहित प्रसाद पठाइएको छ। 

चौथाइवालेको दोस्रो मिसन, राजनीतिक दलहरूसँगको सम्बन्ध विस्तार थियो। चौथाइवाले एक–डेढ वर्षदेखि यो उद्देश्यमा केन्द्रित छन्। गत वर्ष मंसिर तेस्रो साता चौथाइवालेको भ्रमण राजनीतिक दलहरूसँग भाजपाका तर्फबाट सम्बन्ध विस्तार गर्नेमा थियो। दुई देशबीच राजनीतिक दलहरूबीच निरन्तर संवाद र छलफल गर्ने भाजपा नेतृत्वको चाहना छ। दुई देशबीच जनताको बीचमा अनवरत सम्बन्ध छँदै छ, सरकारका विभिन्न संयन्त्रहरूबीच पनि औपचारिक संयन्त्रले काम गरिरहेको छ। तर, राजनीतिक दलको स्तरमा दुई देशबीच लामो समयदेखि संवाद र छलफल हुन सकेको थिएन। नेपालका मुख्य राजनीतिक दल र तीनका प्रभावशाली नेताबीच संवादको ढोका खोल्ने उद्देश्यले चौथाइवालेलाई भाजपाले काठमाडौं पठाएको हो। उनले परिवर्तित परिस्थितिमा नेपालको ताजा मुड बुझ्ने मौका पाएका छन्, उनीहरूका औपचारिक संयन्त्रले दिने जानकारीभन्दा राजनीतिक पक्षसँग प्रत्यक्ष संवादबाट आउने वस्तुस्थितिको जानकारी बढी उयोगी हुने नै भयो।

चौथाइवालेको काठमाडौंमा राजनीतिक भेटवार्ता चलिरहेका वेला अफगानिस्तानबाट भारतीय एयरफोर्सको जहाजबाट भारतीय र नेपाली नागरिकको एकैसाथ उद्धार हुँदै थियो। नेपाली नागरिकलाई भारतले उद्धार गरिरहेको र थप उद्धारका लागि प्रयास भइरहेका वेला उनले राजनीतिक दलहरूसँग सम्बन्ध नवीकरण गरेर फर्केका छन्। यो दुई देशको सम्बन्धका लागि सकारात्मक परिवेश हो। 

यहीबीचमा, नेपाली कांग्रेसको महाधिवेशन तयारी तीव्र छ। भाजपाका लागि मात्र नभएर भारतको सिंगो राज्य संयन्त्रका लागि कांग्रेसको महाधिवेशन स्वाभाविक चासोको विषय हो। चौथाइवालेको भ्रमणको तेस्रो उद्देश्य कांग्रेसको महाधिवेशन हो। कांग्रेसको भावी नेतृत्व यसकारण पनि भारतको चासो हो कि आगामी चुनावमा एउटा कम्युनिस्ट घटकसँग कांग्रेसले चुनावी तालमेल गर्ने र मिलेर सरकार चलाउने अवस्था आउन सक्ने सम्भावना प्रबल छ। अर्कातिर कांग्रेसको महाधिवेशनमा आउन सक्ने हिन्दू एजेन्डाका सन्दर्भमा भाजपाले कांग्रेस नेताहरूसँग संवादको सघनता थपेको हुन सक्छ। विगतमा धर्मनिरपेक्षताको स्पष्ट अडान राखेका भावी सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पशुपतिनाथ, डोलेश्वरसहित काठमाडौंका मुख्य मन्दिरका पुजारीहरूबाट संकल्प गराएर सम्पर्क कार्यालय खोल्नु आफैँमा अर्थपूर्ण छ। 

नेपाल र भारतबीच सरकारीस्तरमा संवाद हुनुपर्ने र समाधान गर्नुपर्ने विषयहरू अनेक छन्। पछिल्लोपटक महाकाली नदीको तुइनमा खसेर नेपाली नागरिक बेपत्ता भएको दुःखद घटना भएको छ। यसबारे छानबिनपछि दुई देशबीच कूटनीतिकस्तरमा संवाद हुने अपेक्षा छ। दुई देशबीच सीमा विवाद, सीमामा सुरक्षाबलको व्यवहार, दुई देशका सन्धि–सम्झौता पुनरावलोकनदेखि कार्यान्वयनसम्मका विषयहरू छँदै छन्। दुई सरकार र औपचारिक संयन्त्रले ती विषय टुंग्याउन नसक्दा वा टुंग्याउने मनसाय नराख्दा त्यसको असर सम्बन्ध अन्य पक्षमा पनि परेको छ। तर, विगतका समस्याको भारीले सम्बन्धका सबै पक्ष थिचिनु हुँदैन भन्ने मत जायज हो। संवाद र सम्बन्धका सबै द्वार खुला राख्नु दुवै देशको हितमा छ। विशेषतः राजनीतिक समझदारी र विश्वासका आधारमा सम्बन्ध सञ्चालन भयो भने यो दिगो र भरपर्दो हुन्छ, अनि त्यसले मात्रै दुई देशका जनताको समस्या समाधान हुन्छ, अपेक्षा सम्बोधन हुन्छ। किनभने नेपाल–भारत सम्बन्धको मुख्य आधार राज्य होइन, दुई जनताको सम्बन्ध हो। जनतामा आधारित सम्बन्ध सञ्चालन शुद्ध कूटनीतिक वा सुरक्षाजन्य ढाँचाबाट सहज हुँदैन। जनताबीचको सम्बन्ध दुई देशका लागि सर्वोपरि हो। राजनीतिक दलहरूसँग संवाद सुरु गर्ने भाजपाको प्रयास यसकारण उपयुक्त छ जसले जनस्तरको सम्बन्धका आयामलाई सम्बोधन गर्ने आधार तय गर्न सक्छ। 

२०४७ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पाञ्चजन्य पत्रिकाका सम्पादक (हाल भाजपा नेता) तरुण विजयलाई काठमाडौंमा भनेका थिए, ‘दुई देशका जनता र राजनीतिक दलका नेतहरूबीच निरन्तर छलफल भइरहनुपर्छ। यदि हामीबीच ग्याप भयो भने भविष्यमा दुवै देशले ठूलो चर्को मुख्य चुकाउनुपर्नेछ। तपाईंले भारतीय नेताहरूलाई यो कुरा भनिदिनुहोला।’ भाजपा नेता तरुण विजयले तीन वर्षअघि मलाई दिल्लीमा यो कुरा सुनाएका थिए, अहिले भाजपाले कार्यान्वयन थालेको छ। नेपालका प्रमुख दलहरूले पनि भारतका सत्तारुढ, प्रमुख प्रतिपक्षी दल मात्र नभएर सीमा जोडिएका प्रदेशका क्षेत्रीय प्रभावशाली दल र नेतासँग राजनीतिक सम्बन्धका लागि प्रयास गर्नुपर्छ। राजनीतिक संवादका लागि दुवैतर्फ राजनीतिक दलका द्वार एकअर्काका लागि खुला छन्। 
twitter-journoprk

ad
ad