
इन्डियन प्रियिमर लिग(आइपिएल) २०२५ मा मुम्बई इन्डियन्सले अर्काे जित निकालेको छ। जितसँगै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
बिहीबारको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई एक सय रनले पराजित गरेको हो।
सुरुमा ब्याटीङ गरेको मुम्बईले २१७ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा राजस्थान ११७ रनमा अलआउट भएको हो।
११ खेलमा मुम्बईको यो सातौं जित हो। राजस्थानले ११ खेलमा तीन वटा मात्र जित निकालेको छ। उसको अब प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ। राजस्थानका अब समूह चरणमा तीन खेल मात्र बाँकी छन्।