मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
एजेन्सी काबुल
Invalid date format १३:४१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तालिवानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाइ

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
नयाँ पत्रिका काबुल
Invalid date format १३:४१:oo

अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै तालिवानले शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा थप कडाइ गरेको छ। तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत अधिकांश स्थान आफ्नो कब्जामा लिएपछि दैनिक हजारौँको संख्यामा अफगानहरू देश छाड्न लागेपछि तालिवान समूहले विमानस्थल प्रवेशमा कडाइ गरेको बताइएको छ।

तालिवान नेताहरूले विदेश पलायन हुन लागेका अफगानहरूको देशमा नै सुरक्षाको प्रत्याभूत गरिने बताउँदै आएको छ। अफगान नागरिकलाई स्वदेशमा नै काम गर्ने वातावरण निर्माण गरिने, सरिया कानुनअन्तर्गत रहेर महिलाहरूका अधिकारलाई प्रत्याभूत गरिने र विदेशी कूटनीतिज्ञलाई सुरक्षाको प्रत्याभूत गरिनेलगायतका प्रतिबद्धता तालिवान नेताहरूले गरेका छन् । यद्यपि, अतिवादी जिहादी समूहको भनाइजस्तो शासन हुनेमा मानिसहरुले आशंका व्यक्त गरेका छन् ।

तालिवानले शनिबारदेखि नै विमानस्थलसम्म पुग्ने सडकका ठाउँठाउँमा अवरोध खडा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ती स्थानहरूमा केही बर्दीधारी तालिवान सेनाहरूले ह्युमभेस र नाइट भिजन चश्माद्वारा अवलोकन गरिरहेका बताइएको छ । विमानस्थल प्रवेश गर्ने सबै नाकालाई तालिवानले नियन्त्रणमा लिई प्रवेशमा निकै कडाइ गरेका विमानस्थलमा कार्यरत एक अफगान अधिकारीले नाम गोप्य राख्ने शर्तमा बताए ।