१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यका भाइ घरमा मृत फेला 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त्त भीम आचार्यका एकजना भाइ घरमा मृत अवस्थामा फेला परेका छन्।  सुनसरीको सदरमुकाम इनरुवास्थित घरमा सुतिरहेको अवस्थामा ६१ वर्षीय भाइ राम आचार्य मृत अवस्थामा फेला परेका हुन्।

उनको के–कसरी मृत्यु भएको हो भन्नेबारे भर्खरै सुनसरी प्रहरीको टोली घरमा पुगेर सोधपुछ थालेको छ। 

एसपी सञ्जयसिंह थापाले आचार्य घरमा सुतिरको अवस्थामा कोठमा मृत अवस्थामा फेला परेको सूचना आएको र परिवारको सहयोगमा कोठा खोलेर टोलीले अनुसन्धान थालेको जानकारी गराए। आचार्यको मृत्यु के–कसरी भयो भन्नेबारे पोस्टमार्टम रिपाेर्ट र गहन अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।