१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o८:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी नेताको जिम्मेवारी बाँडफाँड : कसलाई कुन जिम्मेवारी ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:४१:oo

नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी बाँडफाँड गरेको छ । भदौ ५ र ६ गते बसेको स्थायी समिति बैठकको छलफलबाट नेताहरूको जिम्मेवारी बाँडफाँड भएको परिपत्र माओवादीले सार्वजनिक गरेको छ ।

माओवादीले पार्टीको प्रवक्ता पूर्वसभामुख कृष्णबहादुर महरालाई बनाएको छ भने संगठन विभागको प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ लाई बनाएको छ ।  त्यस्तै, स्कुल विभाग इन्चार्जको जिम्मेवारी प्रचण्ड आफैँले लिएका छन् भने प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् । 

त्यस्तै, प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की (राम कार्की), प्रदेश २ को इञ्चार्ज गणेश साह, बागमती प्रदेशको इञ्चार्ज हितमान शाक्य, गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी खगराज भट्टलाई दिइएको छ । 

ad
ad