१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १२:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिराहामा ५७ हजारभन्दा बढीले गराए स्वास्थ्य बिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:३३:oo

सिराहामा हालसम्म ५७ हजार बढीले स्वास्थ्य बिमा गराएका छन् । जिल्लामा गत फागुन २ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको थियो। त्यसयता हालसम्म ५७ हजार १८८ जनाले स्वास्थ्य बिमा गराएका हुन्। स्वास्थ्य बिमा बोर्ड लहानका दर्ता अधिकारी पशुपतिनारायण चौधरीका अनुसार सिराहामा २८ हजार ९५७ पुरुष र २८ हजार २१६ महिलाले स्वास्थ्य बिमा गराएका छन्।

कार्यालयमा बिमा दर्ताका लागि थप करिब १० हजार आवेदन आइसकेको र अब ती सबै आवेदन दर्ताको तयारी भइरहेको चौधरीले जानकारी दिए। बिमा गराएकामध्ये हालसम्म करिब १२ हजार बिमितले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएका जनाइएको छ ।

यस्तै, विगत एक वर्षदेखि लागू भएको सप्तरीमा २४ हजार १८५ जनाले बिमा गराएका छन्। सप्तरीमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बिमा बोर्ड लहान शाखाले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचार–प्रसारसँगै बिमितको नामदर्ताको कार्य गर्दै आएको छ। प्रत्येक वडामा एक–एक सहजकर्ता परिचालन गरी बिमाको महत्व, यसको प्रक्रिया र बिमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचार–प्रसार गर्नुका साथै बिमा गराउनेको नाम दर्ताको कार्य भइरहेको चौधरीले बताए।

सहजकर्तामार्फत दर्ता भएको बिमितको नामलाई प्रत्येक तीन–तीन महिनामा कम्प्युटरमा दर्ता गर्ने गरिएको र अहिले नामदर्ता हुने बिमितले बिमा सेवा पाउने गरेको दर्ता अधिकारी चौधरीको भनाइ छ। पाँचजनाको परिवारले वार्षिक रूपमा प्रतिसदस्य तीन हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारबापत वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार गराउन पाइने व्यवस्था छ। पाँचभन्दा बढी सदस्य भएका परिवारमा थप प्रतिसदस्य वार्षिक ७०० रुपैयाँका दरले प्रिमियम तिर्नुपर्ने र सुविधा थैलीमा २० हजार रुपैयाँ थपिने व्यवस्था गरिएको छ। रासस

ad
ad