१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १o:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

घरेलु फुटबलर को–कहाँ अनुबन्धित ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:१५:oo

कात्तिकको अन्तिम साताबाट घरेलु फुटबलकै मेरुदण्ड सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुँदै छ । सहभागी क्लबहरूले उपाधि जित्ने लक्ष्यका साथ आ–आफ्नो तयारी गरेका छन् । टोली बलियो बनाउन सहभागी क्लबहरूले नयाँ तथा पूराना खेलाडीसँग सम्झौता गरेका छन् । युरोपियन फुटबलमा झैँ यसपटक खेलाडी भित्र्याउने र सम्झौता गर्ने होडबाजी घरेलु फुटबलमा देखिएको छ । यो एक साता क्लब र खेलाडीबीचको सम्झौता पक्ष नै प्रमुख रह्यो । 

सहिद स्माकर ए डिभिजन लिगका लागि थ्री स्टारसँग लगातार ११ बर्ष सम्झौता नवीकरण गर्दै कप्तान विक्रम लामा (बीचमा) ।  तस्बिर : थ्री स्टार

कोरोना भाइरस (कोभिड १९) का कारण अधिकांश क्लबहरूले आ–आफ्नो सामाजिक सञ्जालबाट खेलाडीका बारेमा जानकारी दिइरहेका छन् । लिगकै साविक विजेता मछिन्द्र क्लबले शुक्रबार स्ट्राइकर रेजिन सुब्बासँगको सम्झौता नवीकरण गरेको छ । जनबहालको मछिन्द्रले सहिद स्माकर लिगको नयाँ सिजनका लागि सुब्बासँग नवीकरण गरेको हो । गत सिजनमा लिग उपाधि जित्दा उनी पनि टोलीकै एक प्रमुख खेलाडी थिए । सुब्बासँग नेपाली राष्ट्रिय युवा टोलीसँगको अनुभव छ । उनले नेपालकोे यू–२३ र यू–१९ टोलीबाट खेलिसकेका छन् । 

मनाङ

रुपेश केसी

घरेलु फुटबलकै सर्वाधिक सफल क्लब भनी चिनिने मनाङ मस्र्याङ्दीले नयाँ सिजनका लागि मिडफिल्डर रुपेश केसीलाई अनुबन्ध गरेको छ । मनाङले थ्री स्टारबाट केसीलाई भित्र्याउन सफल भएको हो । ३० वर्षीय केसीले मनाङमा पुनः अनुबन्धित हुनुअघि थ्री स्टारमा चार सिजन बिताएका थिए । थ्री स्टारमा चार सिजन बिताउँदा उनले कप्तानीको पनि जिम्मेवारी गर्ने अवसर पाए । केसी एन्फा एकेडेमीका उत्पादित खेलाडी हुन् । उनले घरेलु फुटबल हिमालयन शेर्पाबाट सुरुवात गरेका थिए । सन् २०१२ मै राष्ट्रिय टोलीबाटै डेब्यु अवसर पाएका केसीले सन् २०१५ मा सिएफसी भुटानको क्लबमा पनि आबद्ध भएका थिए । 

थ्री स्टार

मनग्य नकर्मी ,  तस्बिर : थ्री स्टार

डिफेन्डर नीराजन महर्जनले थ्री स्टारमै रहनेछन् । उनले यसै साता मात्र थ्री स्टारसँग सम्झौता गरेका थिए । महर्जन थ्री स्टार २७ नम्बर जर्सीमा देखिनेछन् । थ्री स्टारले महर्जनसँगको सम्झौता सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो । महर्जन नेपाली युवा टोलीका पूर्वखेलाडी हुन् । उनले यू–१२, १४, १८ र यू–१९ टोलीबाट प्रतिस्पर्धा गरेका थिए । सन् २०१८ को सत्रमा उनले थ्री स्टारको यू–१८ टिमको कप्तानी गरेका थिए । 

महर्जनले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) धनगढी एफसीबाट खेलेका थिए । यसैगरी थ्री स्टारले मिडफिल्डर सञ्जोक राईसँगको सम्झौता नवीकरण गरेको छ । २२ वर्षीया राई यसपटकको साफ च्याम्पियनसिपको बन्दसत्रको अन्तिम २८ मा समेत अटाएनन् । गत वर्षको चैतमा काठमाडौंमै सम्पन्न थ्री नेसन्स फुटबलमा नेपालले स्वर्ण जित्दा राईको योगदान उत्तिकै थियो । 

यही वैशाखमा भएको एनएसएल लिगको विजेता काठमाडौंबाट उनले खेलेका थिए । यसअघि थ्री स्टारले कप्तान विक्रम लामा, डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर मनग्य नकर्मी र निशान खड्कासँगको सम्झौता नवीकरण गरेको थियो । लगातार थ्री स्टारको क्याम्पमा रहेका नकर्मी नेपाली यू–१६ टोलीका सदस्य पनि हुन् । उनले गत सिजन नै ए डिभिजन लिगमा डेब्यू गरेका थिए । यस्तै आयुश घलान, डोना थापा, राफायल बिडिएस रिमलाई थ्री स्टारले अनुबन्ध गरेको थियो । 

मछिन्द्र

सुजल श्रेष्ठ

राष्ट्रिय फुटबल टोलीका युवा स्टाइकर सुजल श्रेष्ठले लिग विजेता मछिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । अन्य क्लबले जस्तै मछिन्द्रले पनि सामाजिक सञ्जालमार्फतसम्झौता नवीकरण भएको जानकारी दिएको हो । गत सिजन मछिन्द्रले इतिहासमा पहिलोपटक ए डिभिजन लिग च्याम्पियनसिप उपाधि उचाल्दा सुजल मुख्य खेलाडीका रूपमा थिए । सुजलअघि मछिन्द्रले राष्ट्रिय टोलीका युवा स्टाइकर अभिषेक रिजालसँग सम्झौता नवीकरण गरेको थियो । मछिन्द्रले युवा खेलाडी मनीष डाँगीलाई अनुबन्ध गरेको छ । 

एनआरटी 

त्रिपुरेश्वरको न्युरोर्ड टिम (एनआरटी) ले मिडफिल्डर दिपेश घलेलाई अनुबन्ध गरेको छ । चारपटकको लिग च्याम्पियन एनआरटीले यसै साता २२ वर्षीया घले अनुबन्ध गरेको जनाएको हो । एनआरटीले घलेलाई सात नम्बरको जर्सी दिइएको छ । अघिल्लो सिजनमा घलेले थ्री स्टारबाट प्रतिस्पर्धा गरेका थिए । यस सिजनका लागि एनआरटीले रन्जन विष्ट, दुई अफ्रिकन खेलाडी मोसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरिसकेको छ ।

ad
ad