मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ४ शुक्रबार २०:२९:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अफ्रिकाबाट चीनमा वन्यजन्तु तस्करी बढ्दो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ४ शुक्रबार २०:२९:००

औषधीय उपयोगका लागि अफ्रिकाबाट चीनमा वनस्पति तथा वन्यजन्तुहरूको अवैध तस्करी भइरहेको एडिएम क्यापिटल फाउन्डेसनको हालैको अनुसन्धान प्रतिवेदनमा देखिएको छ । इन्टरनेसनल फोरम फर राइट्स एन्ड सेक्युरिटसजलाई उद्धृत  गर्दै फाउन्डेसनले परम्परागत चिनियाँ औषधिका लागि वन्यजन्तु तथा त्यसका अंगको तस्करी हुने गरेको जनाएको छ । फाउन्डेसनका अनुसार दश वर्षदेखि तस्करी भइरहेको छ । 

परम्परागत चिनियाँ औषधि मात्र नभएर गरगहना, फर्निचर उद्योग तथा मनोरञ्जनका लागि जनावर प्रदर्शन गर्ने उद्देश्यले पनि चीनतर्फ अफ्रिकाबाट वन्यजन्तुको अवैध व्यापार भएको फाउन्डेसनको दाबी छ । फाउन्डेसनले भनेको छ, ‘सर्कस, थिम पार्क, चिडियाघर, सफारी पार्कमा प्रदर्शनका लागि अफ्रिकी जंगलबाट लगिएका बाँदर, चितुवा, बाघ, गैँडा, सिंहको तस्करी दश वर्षदेखि निरन्तर भइरहेको छ । ’

यो सुरुमा चिनियाँ प्रयोगशालामा पुगेपछि आपूर्ति हुने गरेको छ । चिनियाँ परम्परागत औषधिको माग वार्षिक ४५ अर्ब डलरबराबरको रहेको फाउन्डेसनले जनाएको छ । विशेषगरी लोपोन्मुख हात्ती, बाघ, गैँडाजस्ता प्रजातिको अफ्रिकामा अवैध रूपमा सिकार हुने गरेको छ । 

ड्रग्स तथा अपराध अध्ययनसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालयका अनुसार ड्रग्सको कारोबारी गर्नेहरू नै अफ्रिकाबाट वन्यजन्तु तस्करी गर्ने कार्यमा संलग्न छन् । दक्षिण अफ्रिकामा रहेका चिनियाँ आपराधिक समूहहरूको हङकङको वगो सिंह होसँग सम्बन्ध रहेको छ । यो समूहले गैँडाको सिङ तस्करी गर्दै आएको पनि अनुसन्धानबाट खुल्न आएको छ । यही जुलाईमा  गैँडाको सिङ, हात्तीको दाँत, घोडाको दाँतको तस्करी अभियोगमा  चिनियाँ पतिपत्नीको नेतृत्वमा नाै सदस्यीय तस्कर गिरोहलाई मलाबीको अदालतले जेल सजाय सुनाएको छ । 

मोजाम्बिकमा पनि चीनतर्फ समुद्री घोडाका अंग तस्करी भएको अनुसन्धानमा देखिएको छ । पछिल्ला पाँच वर्षको आँकडाअनुसार जफत भएका कुल हात्तीका दाँतमध्ये ३२ प्रतिशत चीनमा तस्करी हुन लागेका थिए भने यो कार्यमा संलग्नहरूमध्ये २२ प्रतिशत चिनियाँ नागरिक थिए ।