१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेशम चौधरीको रिहाइको माग गर्दै नाटकसहित विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o६:oo

थरुहट थारूवान राष्ट्रिय मोर्चाले काठमाडौंमा नाटकसहित विरोध प्रदर्शन गरेको छ। थरुहट थारूवान विद्रोहको ६ वर्ष पुगेको अवसरमा मोर्चाको केन्द्रीय संयोजन समितिले समानता, न्याय, अधिकारका लागि एवं दासताविरुद्धको तेस्रो चरणको अभियानअन्तर्गत बिहीबार माइतीघर मण्डलामा धर्ना दिएको हो।

धर्नामा रहेकाहरूले निलम्बित सांसद रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीहरूलाई रिहा गर्न माग गरेका छन्। मोर्चाले देवीराम शर्माको नेतृत्वमा गठित छानबिन आयोग र गिरिशचन्द्र लालको नेतृत्वमा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ।

टीकापुर घटनामा चौधरीलाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको थियो।