१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
महकाली नदीमाथि ड्रोन उडाएर बेपत्ता जयसिंह धामीको खोजी गर्दै नेपाल प्रहरीको टोली । तस्वीर : नरेन्द्रसिंह कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार ११:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दार्चुला घटना : १७ दिनमा पनि सकिएन सरकारको छानबिन, समितिको म्याद फेरि एक साता थपियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:३६:oo

भारतीय सीमा सशस्त्र बल (एसएसबी) ले तुइन फुकालिदिँदा महाकाली नदीमा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन १७ दिन पुग्दा पनि सकिएको छैन । तोकिएको समयभित्र नसकिएपछि गृह मन्त्रालयले छानबिन समितिलाई फेरि एक साताको समय थप गरेको छ । 

सहसचिव जनार्दन गौतम नेतृत्वको समितिलाई गृहले मंगलबार एक साताको समय थपेको हो । १० दिनको समयसीमा दिएर प्रतिवेदन बुझाउने गरी १७ साउनमा छानबिन समिति गठन गरिएको थियो । १० दिनमा नसकिएपछि एक साता थपिएकोमा दोस्रोपटक एक साता थपिएको हो । 

गत १५ साउनमा दार्चुला व्याँस गाउँपालिका–२ का जयसिंह धामी भारत जाने क्रममा खाङदाङ मालघाटमा रहेको तुइनबाट खसेर बेपत्ता भएका थिए । तुइनबाट भारत जानेक्रममा पारितर्फ रहेका एसएसबीले तुइन फुकालिदिएको स्थानीयले बताएका छन् ।

घटनाको १९ दिन भइसक्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन । सरकारले छानबिन प्रतिवेदनका आधारमा यस विषयमा भारतसँग कुरा गर्ने बताउँदै आएको छ । तर, छानबिनमै ढिलाइ हुँदा भारतसँग यस विषयमा कुरा हुन सकेको छैन । छानबिन समितिका संयोजक रहेका सहसचिव गौतमले अबको एक साताभित्र प्रतिवेदन बुझाइने बताए । 

छानबिन समितिले महाकालीमा बेपत्ता जयसिंहको खोजी गर्न ड्रोन प्रयोग गरे पनि अझै फेला परेका छैनन् । उनको खोजी गर्न ड्रोनसहित नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सइ) प्रेम गन्धर्व र सइ गोविन्द परियार नेतृत्वको टोली २४ साउनमा दार्चुला पुगेको थियो ।

नेपालले २३ साउनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाको सीमा नदीमा ड्रोन प्रयोग गर्न भारतीय पक्षसँग अनुमति माग गरेको थियो । भारतीय प्रशासनले पत्रको कुनै जवाफ नदिएपछि नेपाल प्रहरीले व्याँस गाउँपालिकाको मालघाट हुँदै दत्तुसम्म नेपाली भूमिमा ड्रोन उडाएको हो । 

ad
ad