१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार ११:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अफगानिस्तानबाट आइपुगे ११८ * नेपाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:३९:oo

अफगानिस्तानबाट एक सय १८ जना नेपाली काठमाडौं आइपुगेका छन्। उनीहरूलाई अमेरिकी सेनाको विमानले अफगानिस्तानबाट उद्धार गरेर दोहा पुर्‍याएको थियो। दोहाबाट कुवेत हुँदै उनीहरू आज जजिरा एयरको विमानमार्फत काठमाडौं आइपुगेका हुन्। 

उनीहरूलाई विमानस्थलबाट सेनाले सामाखुसीस्थित होल्डिङ सेन्टरमा लैजानेछ। आवश्यक स्वास्थ्य परीक्षणपछि उनीहरू घर फर्कनेछन्। सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई अनलाइन रजिस्ट्रेसन गर्न भनेको छ। सोमबारसम्म एक सय ३४ जनाले रजिस्ट्रेसन गरिसकेका छन्। 

*संख्या सच्याइएको छ।

ad
ad