१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार ११:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने सरकारको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:४३:oo

सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तामा विकसित घटनाप्रति चासो राख्दै त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। सरकारले उद्धारका लागि सम्बन्धित निकायहरूलाई समन्वायत्मक ढंगले काम गर्ने निर्देशन दिएको छ। 

यस्तै, सरकारले बेलायतमा विभिन्न माग राख्दै आमरण अनशनरत गोर्खा सैनिकप्रति ध्यानाकर्षण भएको बताएको छ। उनीहरूका मागबारे कूटनीतिक प्रयास थालिसकेको बताउँदै सरकारले अनशनलगायतका विरोध कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ। 
 

ad
ad