१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

साझा प्रकाशनको महाप्रबन्धकमा पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:४८:oo

साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार प्रह्लाद पोखरेल नियुक्त भएका छन्। साझा प्रकाशन सञ्चालक समितिको बैठकले प्रशासनिक क्षेत्रमा समेत लामो समय काम गरेका पोखरेललाई महाप्रबन्धकमा नियुक्त गरेको हो। 

बुधबार पुल्चोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका उनले साझा प्रकाशन नेपाली वाङमयको क्षेत्रमा गौरवपूर्ण संस्था रहेको उल्लेख गर्दै त्यसको गरिमा कायम हुने गरी कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘साझा प्रकाशन नेपाली साहित्य, नेपाली भाषा र समग्र नेपाली वाङमयको अग्रणी संस्था हो। र, यो ऐतिहासिक रूपमा रहेको संस्थाको काममा कमी भएको देखिएको छ। साझाको आफ्नै गौरवपूर्ण कामलाई निरन्तरता दिनका लागि प्रयत्नशील रहनेछु।’

कार्यक्रममा निवर्तमान महाप्रबन्धक होमप्रसाद गौतमलाई बिदाइ गरिएको थियो। साझा प्रकाशनका वरिष्ठ अधिकृत होमनाथ भट्टराईसहितका कर्मचारीहरूले नवनियुक्त महाप्रबन्धक पोखरेललाई स्वागत गरेका थिए भने निवर्तमान महाप्रबन्धक गौतमलाई बिदाइ गरेका थिए। 
 

ad
ad