१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कुलमानले सम्हाले प्राधिकरणको कार्यभार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:४६:oo

कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हालेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो। आज ऊर्जामन्त्रीबाट नियुक्तिपत्र बुझेपछि उनले पदबहाली गरेका हुन्। 
 
उनी कार्यालय पुग्दा कर्मचारीहरूले भव्य स्वागत गरेका थिए। प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय गर्दै घिसिङलाई प्राधिकरणमा नियुक्त गरिएको थियो। 

यसअघि घिसिङ चार वर्ष विद्युत् प्राधिकरणमा काम गरेर २८ भदौ ०७७ मा बिदा भएका थिए । उनको कार्यकालमा सर्वप्रथम काठमाडौं हुँदै देशभर १ जेठ ०७५ मा लोडसेडिङ अन्त्यको घोषणा गरिएको थियो। उनको पालामा विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल भएको थियो। उनी नियुक्त हुँदा २९ भदौ ०७३ मा २६ प्रतिशत चुहावट रहेकोमा उनी बिदा हुँदा १५ प्रतिशतमा झारेका थिए।

त्यस्तै, प्राधिकरणलाई सबैभन्दा बढी नाफा कमाउने संस्थानका रूपमा स्थापित गरेका थिए । आर्थिक वर्ष ०७६/७७ मा प्राधिकरणले ११ अर्ब ६८ करोड खुद नाफा कमाएको थियो । 

 


 

ad
ad