१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १४:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभा बैठक एक घन्टाका लागि स्थगित, एमाले सांसद अनुपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३o:oo

लुम्बिनी प्रदेश सभाको बैठक एक घन्टाका लागि स्थगित भएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशनमा मुख्यमन्त्रीले जवाफ दिने समय आएपछि बैठक स्थगित गरिएको हो।

मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा दिइसकेका छन् । प्रदेश सभा बैठकमा सत्तापक्ष रहेको नेकपा एमाले उपस्थित भएको छैन। विपक्षी दलहरूले माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।