१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २९ शनिबार १५:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई सांसदको प्रश्न- ठूलो पार्टी कहिले फुट्ला र सरकार टिकाउन मन्त्रिपरिषद्‍‌मा ज्वाइन गराउँला भनेर पर्खेर बस्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १५:२६:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद डा. विमला राई पौड्यालले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी (नेकपा एमाले) फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्न चाहेको गम्भीर आरोप लगाएकी छिन् । आइतबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रिपरिषदमा समावेश गरौँला भनेर प्रधानमन्त्री देउवाले पर्खेर बसिरहेको दाबी गरिन् ।

उनले भनिन्, ‘सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मेरो सरकार टिकाउन मन्त्रिपरिषदमा ज्वाइन गराउँला भनेर पर्खेर बस्ने ? यति कमजोर प्रधानमन्त्री । चिन्ता शेरबहादुर जी कमजोर हुनु भो भनेर होइन्, चिन्ता फेरि संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो । यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ ।’

सांसद पौड्यालले राजनीतिक संयन्त्र बनाउने हल्ला चलिरहेको भन्दै त्यसको बन्धक नबन्न पनि प्रधानमन्त्री देउवालाई आग्रह गरिन् । केपी ओली नेतृत्वको सरकारलाई अप्ठ्यारोमा पार्न पनि त्यस्तै खालको राजनीतिक संयन्त्रको मागले भएको दाबी गर्दै उनले अहिले पनि सरकारलाई कमजोर बनाउन सो प्रयास गरिएको उल्लेख गर्दैै त्यसको बन्धक नबन्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइन् । 

सांसद पौड्यालले राजनीतिक संयन्त्र बनाउने हल्लाकै कारण प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बिस्तार गर्न नसक्ने लज्जाजनक अवस्था आएको प्रतिक्रियासमेत दिइन् । संविधानले नचिन्ने राजनीतिक संयन्त्र बनाउने काम गर्न नहुने उनको तर्क छ । सांसद पौडेलले प्रधानमन्त्री देउवालाई पटकपटक संसद्प्रति जवाफदेही बन्न तर राजनीतिक संयन्त्रको बन्धन नबन्न आग्रह गरिन् । 

ad
ad