१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २४ आइतबार १४:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

  जमिनमा व्यक्तिगत स्वामित्व रहेसम्म सुकुमबासी समस्या हल हुँदैन : वामदेव गौतम   (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २४ आइतबार १४:००:००

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुमबासी बन्ने प्रक्रिया सुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा सभाका सदस्य गौतमले सबै भूमिहीनलाई जनही पाँच–पाँच कट्ठा पनि जमिन दिन नसकिने भएकाले जमिन नहुनेलाई रोजगारी दिएर समृद्धितर्फको यात्रा प्रारम्भ गर्न सकिने सुझाए।

वि.सं. २०५१ देखि हालसम्मका विभिन्न सरकारले पटकपटक सुकुमबासी आयोग गठन गरेर जमिन बाँड्ने योजना सफल नभएकाले यो बाटो वैज्ञानिक नभएको तर्क गरे। ‘जमिनमाथि व्यक्तिको स्वामित्व रहेसम्म एकथरी मानिस धनी र जमिन नहुने गरिब तथा भूमिहीन हुँदै जानेछन्,’ उनले भने, ‘त्यसकारण टुक्राटुक्रा पारिएको जमिन राज्यले बैंक ग्यारेन्टी गरेर खरिद गर्नुपर्छ र उपयोग गर्नुपर्छ, अन्यथा भूमिहीन र सुकुमबासीको समस्या कायमै रहनेछ।’

नेपाली कांग्रेसका अनिता देवकोटाले कोभिड संक्रमणबाट प्रभावित शैक्षिक सत्रलाई स्वास्थ्य मापदण्डको पालना गरेर नियमित गराउन माग गरिन्। उनले कक्षा ११ र १२ सञ्चालन हुने विद्यालयका लागि शिक्षक दरबन्दीको व्यवस्था गर्न पनि ध्यानाकर्षण गराइन्। नेकपा (माओवादी केन्द्र) का महेशकुमार महराले सशस्त्र जनयुद्ध र आन्दोलनका क्रममा विस्थापन भएका शिक्षकलाई जाँचबुझ समितिको सुझाबका आधारमा पुनर्स्थापना गर्न माग गरे। रासस