१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम आइतबार सार्वजनिक गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १७:o१:oo

सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम आइतबार सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आइतबार कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । 

कार्यदलले सरकारको यूनतम साझा कार्यक्रमसम्बन्धी प्रतिवेदन शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो । कार्यक्रममा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

शनिबारको बैठकमा प्रधानमन्त्री एवं कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष पौडेल सहभागी थिए ।
 

ad
ad