१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
गर्मीका कारण गल्फकोर्समा ढलेका अमेरिकी गल्फर लेक्सी थोम्पसन ।
एजेन्सी टोकियो
२o८१ बैशाख ३१ सोमबार o८:४५:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ओलम्पिकमा सहभागी खेलाडीलाई गर्मीले समस्या

Read Time : > 3 मिनेट
एजेन्सी टोकियो
नयाँ पत्रिका टोकियो
२o८१ बैशाख ३१ सोमबार o८:४५:oo

अत्यधिक गर्मीका कारण निर्धारित समयमै हुनुपर्ने कतिपय खेल स्थगित, बिहीबार मात्रै महिला फुटबलको फाइनल खेल एक दिन पछि सारियो 

३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सुरु भएदेखि नै सहभागी खेलाडी, अफिसियल तथा प्रशिक्षकहरूले टोकियोको मौसमले खेलमा असर पुर्‍याइरहेको बताउँदै आएका छन् । टोकियो सहरमा जुलाई र अगस्ट महिनामा गर्मी अत्यधिक हुन्छ । 

सधैँभरि गर्मीमै प्रतिस्पर्धा गर्ने दक्षिण अफ्रिका तथा पूर्वीमध्य एसियाका खेलाडीहरूलाई टोकियोमा केही पनि असर भएन । तर, अधिकांश युरोपियन खेलाडीले भने टोकियोको गर्मी सहनै नसक्ने रहेको बताएका छन् । युरोपियन खेलाडीहरूले टोकियोको गर्मी छल्न विशेष किसिमको पहिरनसमेत साथमा ल्याएका छन् । यति गर्दासमेत उनीहरूले टोकियोको गर्मी पचाउन सकिरहेका छैनन् ।

आयोजक अत्यधिक गर्मीका निर्धारित समयमै हुनुपर्ने कतिपय खेल स्थगित गर्न बाध्य भएको छ । बिहीबार मात्रै पनि आयोजकले महिला फुटबल स्वर्ण भिडन्त एक दिन पछि सारेको छ । बिहीबार हुने खेल अब शुक्रबार हुनेछ । टोकियोस्थिति योकोहामा रंगशालामा बिहीबार बिहान स्थानीय समयअनुसार ११ बजे क्यानडा र स्विडेनबीच फाइनल खेल निर्धारण भएको थियो ।

तर, टोकियोमा ३२ डिग्री सेल्सियस तापक्रम चलिरहँदा मैदानभित्र प्रवेश गरेका खेलाडीहरूले तातो हावाबीच प्रतिस्पर्धा गर्न नसक्ने बताए । यसपछि आयोजक कमिटीले तत्कालै फाइनल खेल शुक्रबार सारेको हो । योसँगै बिहीबार पुरुष फुटबलतर्फ मेक्सिको र जापानबीचको कांस्यपदक खेल पनि सारिएको छ । यो खेल पनि गर्मीकै कारण स्थगित भएको हो । 

महिला फुटबल स्वर्ण खेल योकोहामाबाट ओलम्पिक रंगशालामा हुनेछ । ओलम्पिक रंगशालामा हावाको गति र तापक्रमअनुसार रंगशालाभित्रको वातावरण मिलाउने प्रविधि जडान गरिएको छ । ‘योकोहामाभन्दा ओलम्पिक रंगशाला मौसम मिल्दो छ, यहाँ त्यति किसिमको प्रविधि जडान गरिएको छ,’ आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

चालू ओलम्पिकमा सहभागी धेरै खेलका खेलाडीले गर्मीकै कारण खेल्न नसक्ने भन्दै आलोचना गरेका छन् । ओलम्पिक सुरु भएको पहिलो सातामै टेनिसका खेलाडी नोभाक जोकोभिक र डानिल मेदभेदेले गर्मीकै कारण खेल्न नसक्ने घोषणा गरेका थिए । उनीहरूको खेल पनि अर्को दिन सारिएको थियो । ओलम्पिकमा टेनिसका सबै इभेन्ट्स सकिएको छ । टेनिस खेल चलिरहँदा अन्तर्राष्ट्रिय टेनिस संघ (एटिपी)ले खेलाडीहरूलाई प्रत्येक सेटमा १० मिनेटको आराम गर्न दिएको थियो ।

सामान्य अवस्थामा टेनिस खेलको सेट सकिँदा खेलाडीले केही मिनेट ‘रेस्ट’ समय पाउँछन् । गत साता टोकियोमा ३१ डिग्रीभन्दा तल तापक्रम नआएपछि एटिपीले खेलाडीको शरीर चिसो राख्न दश मिनेट ब्रेक दिएको थियो । साथ दोस्रो तथा तेस्रो सेटमा खेल चलिरहँदा प्रत्येक सर्भिसपछि खेलाडीले ३० सेकेन्ड ब्रेक पाएका थिए । 

शरीर चिसो बनाउन आराम गर्दै टेनिस खेलाडी । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका स्पोट्र्स निर्देशक किट म्याककनेलले प्रतियोगितामा धेरैजसो खेलका खेलाडीले गर्मीका कारण सोचेजस्तो प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिएका छन् । ‘टोकियोमा धेरैजसो खेलाडीले गर्मीकै कारण प्रदर्शन राम्रो गर्न नसकेको बताइरहेका छन्, म्याककनेलले भने, ‘हामीले सबै खेलका खेलाडीलाई भनेकोजस्तो सुविधा प्रदान गर्न सक्दैनौँ, चर्को गर्मीकै कारण खेल स्थगित गराउँदा खेल तालिका लम्बिन सक्छ ।’ स्पोट्र्स निर्देशक म्याककनेलले अवस्थाअनुसार खेलाडीलाई सुविधा प्रदान भने गरिरहेको जनाए । ‘मैदान र रंगशालावरिपरिको गर्मीको अवस्थाअनुसार खेलाडीहरूलाई केही सुविधा दिएका छौँ,’ उनले भने, ‘धेरै नै गर्मी हुँदा खेल नै स्थगित गरी अर्को दिन पनि खेलाउने निर्णय पनि भएको छ ।’ टेनिस खेल फरक भएकाले नै एटिपीसँग सहकार्य गरी दश मिनेट ब्रेक दिएको उनले बताए ।

१४ वर्षीया क्वानको विश्व रेकर्ड 
चीनकी १४ वर्षीया क्वान होङचानले महिला दश मिटर डाइभिङमा विश्व रेकर्डसहित स्वर्णपदक जितेकी छिन् । विश्व च्याम्पियनसिप प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरेकी क्वानले टोकियो ओलम्पिकमा ४६६.२० अंक जोड्दै नयाँ विश्व कीर्तिमान राखेकी हुन् । यसैगरी चीनकै चेन दोस्रो तथा अस्ट्रेलियाका मेलिसा तेस्रो स्थानमा रहेका छन् । १० मिटर डाइभिङमा ६ निर्णायकहरूले क्वानलाई १० मध्ये ९.५ अंक दिएका थिए ।

स्टेभनले दिलाए बहमासलाई पहिलो स्वर्ण
बहमासले टोकियो ओलम्पिकमा पहिलो स्वर्ण जितेको छ । पुरुषतर्फको चार सय मिटर दौडमा स्टेभन ग्रर्डिनरले बहमासलाई स्वर्ण दिलाएका हुन् । उनले निर्धारित दूरी ४३.८५ सेकेन्डमा पूरा गरेका थिए ।

कोलम्बियाका एन्थोनी जाम्ब्रानोले रजत पदक जिते । सन् २०१२ को लन्डन ओलम्पिकमा स्वर्ण जितेका किरानी जेम्स कांस्यमा सीमित भएका छन् । विश्व च्याम्पियन तथा विश्व रेकर्डधारी वायडे भान सेमिफाइनलमा चोटका कारण बाहिरिएका थिए । 

विश्व च्याम्पियन खेलाडी फाइनल स्पर्धामा नरहेपछि स्टेभनले सहजै आफूलाई चार मिटर दौडका च्याम्पियन बनाए । स्टेभनले च्याम्पियन खेलाडी बाहिरिँदा स्वर्ण हात पार्न सहज भएको बताएका छन् । ‘यस दौडका च्याम्पियन खेलाडीको अनुपस्थितिमा मलाई स्वर्ण जित्न निकै सजिलो भयो,’ स्टेभनले भने, ‘मैले दुई सय मिटरपछि आफ्नो स्पिड बढाएँ र स्वर्ण पक्का पारेँ ।’ स्टेभनले अन्तिम सय मिटर दौडमा स्वर्ण लगभग पक्का भइसकेको अनुमान लगाएको बताए । 

टोकियोमा अस्वाभाविक गर्मी : आइओसी
जुलाईको अन्तिम साता टोकियोमा अस्वाभाभिक रूपमा गर्मी बढेको आइओसीले जनाएको छ । ‘यो मौसममा टोकियोमा गर्मी हुने भए पनि यसपटक सोचेभन्दा बढी नै गर्मी भएको छ,’ म्याककनेलले भने ।

अमेरिकन गल्फर लेक्सी थोम्पसनका क्याडी त गर्मी सहन नसकेर गल्फ कोर्समै लड्न पुगेका थिए । कासुमिगासेकी काउन्टी गल्फ क्लबमा गत साता गल्फ चलिरहँदा ४१ डिग्री तापक्रम पुगेको थियो । खेलाडीहरूले पूरै समय छाता ओढेर प्रतिस्पर्धा गरेका थिए । कासुमिगासेकी गल्फ कोर्समा खेलाडीहरूले प्रत्येक सट प्रहार गरेपछि हात चिसो बनाउने वस्तु प्रयोग गरे । गल्फर लेक्सीले प्रयोग गर्ने गल्फ सामग्री बोकेका क्याडीले अत्यधिक गर्मीका कारण आफू लडेको बताएका छन् । 

गल्फका कुनै पनि चरण पूरै दिनमा समाप्त भएन । गल्फमा एकैदिन १८ होल खेलिन्छ । तर, गर्मी मौसमका कारण पुरुष तथा महिलातर्फ एक दिनमा पूरै होलमा प्रतिस्पर्धा भएन । सामान्यतया जुलाई महिनामा टोकियोको मौसम ३१ डिग्रीको आसपासमा रहने गर्छ । यस वर्ष सामान्य अवस्थाभन्दा बढी तापक्रम छ । गर्मीकै कारण गत साता रोइङ खेल पनि स्थगित भएको थियो । रोइङमा सहभागी खेलाडीले दोस्रो दिनको खेल सुुरु हुँदा शरीरमा चिसो आउने खालको पहिरन लगाएका थिए ।
 

ad
ad