१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २१ बिहीबार १९:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डको पुनरावलोकन निवेदनमा विपक्षी झिकाउने आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २१ बिहीबार १९:५१:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को रिटमा सर्वोच्च अदालतले विपक्षी झिकाउने आदेश दिएको छ । माओवादी केन्द्रले कारबाही गरेका स्थानीय तहका पदाधिकारीहरूको रिटमाथि सर्वोच्चले दिएको अन्तरिम आदेशविरुद्ध प्रचण्डले दर्ता गराएको निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । 

गत २३ फागुनमा माओवादी केन्द्र र एमालेलाई एकताअघिकै अवस्थामा फर्काउने सर्वोच्चको फैसलापछि माओवादी केन्द्र छाडेर अन्य पार्टी प्रवेश गरेका स्थानीय तहका पदाधिकारीहरूलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । 

माओवादी केन्द्रको कारबाहीपछि उनीहरू सर्वोच्चको शरणमा पुगेका थिए । सर्वोच्चले उनीहरूको रिटमाथि अन्तरिम आदेश जारी गर्दै उनीहरूमाथि भएको कारबाही कार्यान्वयन नगर्न आदेश दिएको थियो । सोही आदेशविरुद्ध प्रचण्डले पुनरावलोकन निवेदन (भ्याकेट) दर्ता गराएका थिए । 

भ्याकेट निवेदनमाथि न्यायाधीशहरू आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा सम्मिलित पूर्ण इजलासमा सुनुवाइ भएको थियो । पूर्ण इजलासले दोहोरो छलफलका लागि विपक्षीलाई सूचना दिने आदेश गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । ‘भ्याकेटको निवेदन परेको जानकारीसहित पेसीको छलफलको सूचना रिट निवेदकलाई दिने भन्ने आदेश भएको हो,’ प्रवक्ता दाहालले नयाँ पत्रिकासँग भने ।