१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १९:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रेल्वे कम्पनीमा महाप्रबन्धक भट्टराईलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय, शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १९:१३:oo

सरकारले रेल्वे कम्पनीमा महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईले आचरणविपरीतको काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी
सरकारले शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले अध्यक्षमा मधुप्रसाद रेग्मी र सदस्यहरूमा गिरिराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको कार्कीले जानकारी दिए । 

सरकारले राष्ट्रिय विभुषण छनोट समितिमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकूलपति भूषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार गोविन्दप्रसाद शर्मा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी, इन्जिनियर ओमप्रकाश महतो र नेपाली सेनाका उवकाश प्राप्त उपरथी नरबहादुर कँडेललाई नियुक्त गरेको छ ।

ad
ad