मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १ शुक्रबार
  • Friday, 17 September, 2021
हरकसिंह धामी
नयाँ पत्रिका हरकसिंह धामी
२०७८ श्रावण १८ सोमबार १०:५३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जयसिंह धामीका दाइ भन्छन्–एसएसबीको अमानवीय व्यवहारका कारण भाइले ज्यान गुमाउनुपर्‍यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, हरकसिंह धामी
२०७८ श्रावण १८ सोमबार १०:५३:००

हामीहरू गरिब परिवारमा हुर्किएका हौँ, अहिले पनि अवस्था उस्तै छ । बुबा दली धामी ७२ वर्षको हुनुभयो, आमा मैना ६५ वर्षकी हुनुहुन्छ । हामीहरू चार भाइ हौँ । बुबाले एक परिवार पालेको जमिनमा चार भाइको भागबन्डा गर्दा घर बनाउन ठिक्क भयो । खेतीपाती गरेर खान पुग्ने जमिन छैन, त्यसले महिना दिन पनि पुग्दैन । हामी भाइहरू पाँच वर्षअघिदेखि अलग–अलग बस्दै आएका छौँ । 

बेपत्ता भएको माइलो भाइ जयसिंहको घरमा पत्नी राजन्ती र दुईजना चिचिला केटाकेटी छन् । जेठो छोरो डेनियल सात वर्षको र छोरी डेढ वर्षकी छिन् । साहिँलो भाइ नरेन्द्र र कान्छो भाइ उदय सँगै बस्छन् । उदय नेपाल प्रहरीमा जागिरे छ । जयसिंहले पनि सेनामा जागिर खाएको थियो । तर, जवानको तलबले घर पाल्नै गाह्रो भएपछि जागिर छाडेर यार्सागुम्बाको व्यापार गर्छु भन्यो । त्यतिवेला गाउँमा यार्सागुम्बाको मूल्य पनि राम्रै थियो ।

यार्सागुम्बाको व्यापारबाट पैसा कमाएर राम्रो ठाउँमा जग्गा किनेर घर बनाउने सपना पालेको थियो । तर, उसले सोचेजस्तो भएन । गाउँमा वातावरण पनि राम्रो भएन, यार्साले पनि उँभो लाग्ने नदेखेपछि विदेश गएर कमाउँछु भन्यो । दुईपटक विदेश गयो पनि । पहिलोपटक जाँदा अलिअलि ऋण तिरेको थियो । दोस्रोपटक दुबई जाँदा कोरोना महामारीका कारण काम गर्न पाएन । उल्टै, गाउँबाट ऋण काढेर घर फर्किनुपर्‍यो । 

ऋण कति छ भनेर भाइले नै मलाई भनेको थिएन, अहिले बुझ्दा सात–आठ लाख ऋण पुगेको रहेछ । सितिमिती हरेस खाने खालको होइन, त्यसैले कहिलेकाहीँ ऋणबारे सोध्दा पनि ‘किन चिन्ता गर्नुहुन्छ, म कमाएर तिरिहाल्छु’ भन्थ्यो। अहिले पनि काठमाडौं गएर विदेश जाने प्रक्रिया थाल्छु, त्यतिन्जेल काठमाडौंमै केही काम पनि खोज्छु भनेर घरबाट हिँडेको हो । दुबईबाट फर्किएपछि पनि उसले केही समय काठमाडौंमा सेक्युरिटी गार्डको काम गरेको थियो । विदेश जान पाए उतै जाने योजना थियो । केटाकेटीलाई गौराका लागि राम्रा–राम्रा लुगा ल्याइदिन्छु भनेर हिँडेको थियो, तर सोचेजस्तो नहुँदो रै’छ ।

बुहारीले बिदाइका वेला निधारमा लगाइदिएको दूध–अक्षताको टीका सुक्न नपाउँदै भाइ महाकालीमा बिलायो । उसका सबै सपना पनि बगे। भाइ बेपत्ता भएको दिनदेखि घरमा आमा र बुहारी (जयसिंहकी पत्नी जयन्ता) होसमा छैनन् । एकछिन होस आउँछ, एकछिनमा फेरि बेहोस हुन्छन् । शुक्रबारदेखि केही खाएका छैनन् । घरमा सान्त्वना दिन आउने छिमेकीको भिड छ, तर को आए, को गए उनीहरूले पत्तो पाउँदैनन् । टोलाएर बस्छन्, कसैसँग बोल्दैनन् । दुवैको आँखा बगेको–बग्यै छन् । बुबाले आज (आइतबार) मात्रै एक गिलास चिया खानुभयो । उहाँ राम्रोसँग कान सुन्नुहुन्न । 

अहिले आमा र बुहारीलाई गाउँका सबैले सम्झाइबुझाई गर्दै छौँ । सबैभन्दा ठूलो बज्रपात बुहारीमाथि परेको छ । विक्षिप्त उनले दुई नाबालक कसरी हुर्काउने हुन् ? अहिले पो सबै गाउँले आएर स्याहार गर्दै छन्, केही दिनपछि त एक्लै हुने हुन् । हामी दाजुभाइ पनि सबै अलग–अलग छौँ, हामीहरूको पनि परिवार ठूलै छ । जानेभन्दा पनि बाँचेकाको पालनपोषण, शिक्षादीक्षा कसरी गर्ने भन्ने ठूलो चिन्ता छ । सुप्पोमा फल्ने अन्नबाट बुहारीले कसरी यी केटाकेटी हुर्काउने र स्कुल पढाउने हुन्, अहिले सबैभन्दा पिरोल्न थालेको यही कुरा छ । अझ त्यसमाथि ऋणको भारी छ । खेतीपाती गर्न जमिन छैन । 

अहिलेसम्म सरकारले हाम्रो पीडा सुनेको छैन । कहाँबाट कसरी हुने हो छोराछोरीको शिक्षादीक्षाको जिम्मा र क्षतिपूर्ति पाइयो भने केही राहत हुने थियो । छोराछोरी पढाउन मात्रै सकियो भने पनि जयसिंहको सपना पूरा हुने थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अमानवीय व्यवहारकै कारण भाइले ज्यान गुमाउनुपरेको हो । मान्छे तरिरहेको देख्दादेख्दै उनीहरूले तुइनको तार खोलिदिए । यो त सरासर मान्छे मार्न खोजेजस्तो हो । म आफैँ पनि २०औँ वर्षदेखि तुइनमा महाकाली वारिपारि गरिरहेको छु । गालीगलौज, हातपात गर्नेदेखि सामान फाल्नेसम्मका दुव्र्यवहार एसएसबीबाट पहिला पनि हुन्थ्यो, तर मान्छे तर्दातर्दै डोरी फुकाउने अमानवीय कामचाहिँ गरेका थिएनन् । यसपटक गरेर भाइको ज्यान लिए ।