१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख ३० आइतबार १२:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश १ संसद्को बैठक साउन २१ देखि बस्ने 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:५६:oo

चालू वर्षको बजेट परित गराएपछि अनिश्चित कालका लागि स्थगित भएको प्रदेश १ सभाको बैठक २१ साउदेखि सुरु हुने भएको छ। विपक्षी दलहरूको चर्को आलोचनापछि बहुमतले बजेट पारित गरेर २५ असारदेखि अनिश्चित कालका लागि स्थगित भएको प्रदेश १ सभाको चालू बजेट अधिवेशनको बैठक २१ साउनदेखि पुन: सुरु हुने भएको हो। 

अर्को सूचना नभएसम्म २५ असारदेखि स्थगित भएको आठौँ तथा बजेट अधिवेशनको २२औँ संसद् बैठक २१ साउनदेखि सुरु हुने सूचना सबैलाई जानकारी गराइएको प्रदेश १ सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए।  

१३ असारमा बजेट छलफलका क्रममा सांसद मोहन खड्कालाई गाली गर्ने  प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले आत्माआलोचनासहित माफी नमागेको भन्दै विपक्षी दल माओवादी केन्द्रले संसद् बैठकमा अवरोध पुर्‍याउँदै आएको थियो । त्यसपछि सरकारको तर्फबाट मन्त्रीले बोलेका अर्मयादित कुराहरू रेकर्डबाट हटाउने सहमतिपछि २५ असारमा बहुमतले बजेट पारित भएको थियो। 

बजेट पारित भएसँगै सभामुख प्रदीपकुमार भण्डारीले संसद् बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए।  

ad
ad