मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (ओली)
दीपक बोहरा दाङ
Invalid date format o९:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विमला ओली प्रहरीकाे सम्पर्कमा

Read Time : < 1 मिनेट
दीपक बोहरा दाङ
नयाँ पत्रिका दाङ
Invalid date format o९:५६:oo

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक सुरेस काफ्लेले लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (ओली) सम्पर्कमै रहेको बताएका छन् । 'मैले माननिन ज्यू सम्पर्कमा नरहेको भनी समाचारहरु आएपछि उहाँलाई फोन गरेँ, मेरो फोन रिसिभ पनि भयो', उनले भने 'उहाँले घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचारमा छु, मेरो अबस्था सामान्य छ भन्नु भएको छ ।'

तर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका संसदीय दलका सचेतक तुलाराम घर्ती मगरको गरेको फोन बिमलाले रिसिभ नगर्दा शंका उत्पादन भएको थियो ।शुक्रबार बिहानदेखि आफुले फोन गर्दा बिमलाले रिसिभ नगरेको सचेतक घर्तीले बताए ।  

यस्तै, उनीसंग निकट रहेकी लुम्बिनी प्रदेशसभा सदस्य दामाकुमारी शर्माले पनि आफ्नो फोन रिसिभ नगरेको बताईन् । 'कुनै समस्या भएर होला, हिजो अस्तिदेखि मेरो पनि फोन रिसिभ भएको छैन', उनले भनिन् । 

दाङ क्षेत्र नंं ३ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित विमला सम्पर्क बिहीन भएपछि अनेक खालका टिप्पणी भएका थिए ।  लुम्बिनी प्रदेशमा शुक्रबार मात्रै नयाँ प्रदेश प्रमुखले कार्यभार सम्हालेपछि राजनीतिक कोर्ष परिवर्तन हुन सक्ने आँकलन गरिएको बेला विमला माओवादी केन्द्रको संसदीय दलको सम्पर्कमा नआउँदा अनेक खालका शंका उत्पन्न भएको थियो ।