१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६बुँदे सहमतिपछि कांग्रेस नेता तथा कार्यकर्ताले आमरण अनशन तोडे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३१:oo

पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका कांग्रेसका नेता तथा कार्यकर्ताले आमरण अनशन तोडेका छन् । १० दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बस्दै आएका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका जिल्लाका नेता तथा कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६बुँदे सहमति भएपछि उनीहरूले जुस पिएर आमरण अनशन तोडेका हुन् । 

माग सम्बोधन गर्ने ६बुँदे सहमतिमा सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसहमहामन्त्री डा. रामशरण महतले हस्ताक्षर गरेपछि आफूहरूमाथि न्याय हुने अपेक्षाका साथ आमरण अनशन तोडिएको केन्द्रीय सदस्य यादवले जानकारी दिए । उनले जिल्ला छानबिन समितिको निर्णयअनुसार धनुषा क्षेत्र नम्बर ४ लगायतका तराईका जिल्लाहरूको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान हुने विश्वास व्यक्त गरे । 

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी नेतृत्वले माग सम्बोधन गर्ने विश्वास व्यक्त गरे । पार्टीको जिल्ला छानबिन समितिको निर्णयअनुसार क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो नलगाएपछि यादवसहित तराईका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशन बस्दै आएका थिए ।