१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
एजेन्सी टोकियो
२o८१ बैशाख ३० आइतबार o९:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ब्राजिलियन खेलाडीका मास्क

Read Time : < 1 मिनेट
एजेन्सी टोकियो
नयाँ पत्रिका टोकियो
२o८१ बैशाख ३० आइतबार o९:२५:oo

ओलम्पिक खेलकुद आयोजना गरिरहेको टोकियो सहरमा कोरोना भाइरसको जोखिम यथावत् नै छ । ओलम्पिक खेल सुरु भएको तेस्रो दिनसम्म विभिन्न खेलका इभेन्ट्स सम्पन्न भएका छन् । अधिकांश खेलका खेलाडीले कोभिड– १९ को आधारभूत नियमसमेत पालना गरेका देखिँदैनन् ।

तर, ब्राजिलको पुरुष तथा भलिबल खेलाडीहरूले टोकियो ओलम्पिकमा उदाहरणीय काम गरेका छन् । यी दुवै खेलका खेलाडीहरूले कोर्टमा मास्क लगाएर प्रतिस्पर्धा गरेका छन् । रियो ओलम्पिकमा स्वर्ण जितेको ब्राजिलियन पुरुष टोली टोकियोमा उपाधि रक्षा गर्ने अभियानमा छन् । 

साथै उनीहरू कोभिड– १९ बाट सचेत पनि छन् । कोर्टमा मास्क लगाएर कोरोनाको नियम पालना गरेको उदाहरण उनीहरूले दिएका हुन् । पुरुषतर्फका लुकास तथा महिलातर्फ माक्रिस कार्नेरोले सोमबारको प्रतिस्धर्पामा अन्य खेलाडीलाई समेत मास्क लगाउन आग्रह गरेका थिए । 

कार्नेरोले कोरोनाबाट बच्नकै लागि मास्क लगाएको बताइन् । आफू र अन्य खेलाडीलाई सुरक्षित राख्नकै लागि मास्क लगाएको उनको भनाइ छ । ‘कोरोना संक्रमित हुँदा लामो समय आइसोलेसनमा बस्नुपर्छ, यसले म र मेरो परिवारले दुःख पाउनेछ,’ उनले भनिन्, ‘बच्चाहरूको सुरक्षा निमित्त पनि यस्तो गरेकी हुँ ।’ यसैगरी लुकासले पनि कोरोना भाइरसबाट सुरक्षित रहनकै लागि मास्क लगाएको बताए । ‘म पुनः एकपटक संक्रमित हुन चाहन्न,’ लुकासले भने, ‘साथीहरूलाई पनि मास्क लगाउन भनेको छु ।’ 

ad
ad