१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

२२ सांसदलाई ओलीको प्रश्न– अपराधपूर्ण कार्य के–कति कारणले गरेको हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:१७:oo

नेकपा एमालेले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासकाे मत दिने २२ सांसदलाई स्पष्टीकरणपत्र पठाएको छ। आज पठाइएको पत्रमा मिति भने ५ गतेको राखिएको छ। उनीहरूलाई पार्टीको विरुद्ध भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टीको निर्णयविरुद्धमा आफू र अरूसमेत संलग्न भई विभिन्न कार्य गर्ने–गराउनेजस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के–कति कारणले गरेको हो भन्दै सोधिएको छ।

यस्तै, पार्टीको हितविपरीत वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा क्रियाकलाप गरेको, पार्टी विधान तथा निर्णयविपरीत गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको, पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्युत भएको आरोप लगाइएको छ। 

अध्यक्ष केपी ओलीद्वारा हस्ताक्षरित पत्रमा पार्टीको साधारण सदस्यतालगायत पार्टीको जिम्मेवारीबाट किन नहटाउने भन्दै प्रश्न गरिएको छ।

पार्टीबाट निष्कासन गर्नु नपर्ने कुनै कारण भए २४ घन्टाभित्र स्पष्टीकरण दिन भनिएको छ। जवाफ चित्तबुझ्दो नभएमा वा जवाफ नदिएमा माथि उल्लेखित कारबाही हुने चेतावनी दिइएको छ।
 

ad
ad