१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार १४:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हाे : गृहमन्त्री खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:५८:oo

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् ।  गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि न्युज एजेन्सीसँगको अन्तर्वार्तामा उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका लागि भएको र शासन व्यवस्थाभित्रको नागरिकको जीवनरक्षा नै आफ्नो पहिलो दायित्व भएको बताए ।

जुनकुनै कारणले होस् कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्नुहुँदैन भन्ने नै मूल मर्मका साथ काम गर्ने उनले स्पष्ट पारे । उनले भने, ‘गृह मन्त्रालयका थुप्रै कार्यक्षेत्रहरू छन् । त्यसलाई पनि हामीले परिष्कृत गर्दै राम्रो गराउँदै जाने हो ।’

उनले राजनीतिक विचारधाराबाट परिचालित नभई काम, कर्तव्य, भूमिका र योगदानको आधारमा सुरक्षा निकायलाई प्रोत्साहित तथा उत्साहित गरी मनोबल बढाउने भूमिकामा आफू रहने स्पष्ट पारे । 
 

ad
ad