१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ ५ शनिबार १५:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आरक्षपीडित बस्तीमा हात्तीआतंक

 हात्तिको बथानले घर भत्काएपछि पीडितको विचल्ली

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १५:४८:oo

कञ्चनपुरको आरक्षपीडित बस्तीमा हात्तीको बथानले आतंक मच्चाएको छ । गएराति आएको हात्तीको बथानले आरक्षपीडित बस्तीका तीन घर–टहरा भत्काइदिएको छ । जंगली हात्तीको बथानले लालझाडी गाउँपालिका– ६ देखतभुली चान्देवका तीन आरक्षपीडित  बस्ने टहरा भत्काएको हो । 

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले निकुञ्जबाट आएको हात्तीको बथानले पीडितका घर भत्काउनुका साथै अन्नबाली नष्ट गरिदिएकोे बताए । उनका अनुसार हर्कबहादुर शाह, गणपति शर्मा र दिलेदत्त भट्टको घर भत्काइदिएको छ । हात्तीले घर भत्काएपछि वर्षातका वेला पीडित तीनै परिवारको बिचल्ली भएको छ । उनीहरू आफन्तको घरमा बस्न बाध्य भएका छन् । 

घर मर्मतका लागि काठ अभाव र स्तरीय घर निर्माणका लागि पैसा नहुँदा पीडित परिवारको बिचल्ली भएको हो । हात्ती आएको थाहा पाएर घरमा रहेका मानिस भागेकाले बच्न सफल भएको अध्यक्ष भण्डारीले बताए । जंगली हात्तीको बथानले हरेक वर्ष पीडित बस्तीमा ताण्डव मच्चाउँदै आएको छ । 

०५८ सालमा तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका आरक्षपीडितको अझैसम्म पनि पुनर्स्थापना नहुँदा उनीहरू बिचल्लीमा परेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाका पालामा संकटकालको मौका छोपी विस्थापित गराइएका परिवारको पुनर्स्थापना नहुँदा उनीहरू जंगल, खोलानाला छेउछाउ क्षेत्रमा बसेका छन् । 
 

ad
ad