१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार २o:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सत्तारुढ एमालेको विधान अधिवेशन २५, २६ र २७ साउनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:२३:oo

सत्तारुढ एमालेले आगामी २५ साउनमा विधान अधिवेशन गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शुक्रबार र शनिबार बसेको केन्द्रीय कमिटीको १३औँ बैठकले २५, २६ र २७ साउनमा काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो । 

विधान अधिवेशनमा पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । 

५ असारभित्र पार्टीको सदस्यता नवीकरण गरी ५ साउनमा त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न पनि बैठकले निर्देशन दिएको छ । त्यसैगरी, पार्टीका तल्लो तहका कमिटीहरूको अधिवेशनअन्तर्गत आगामी ५ भदौमा वडास्तरका र १५ भदौमा पालिकास्तरका अधिवेशनहरू गर्ने निर्णय बैठकले गरेको छ । 

पार्टीका केन्द्रीय तहका ३२ वटा विभागमा रहने सदस्यहरूको प्रस्ताव र सिफारिस अविलम्ब पठाउन बैठकले निर्देश गरेको थापाले जानकारी दिए । 

बैठकले संगठनको काममा केन्द्रित हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकमा अध्यक्ष ओलीले विपक्षी गठबन्धनको भ्रमबारेमा स्पष्ट पारेको थापाले बताए । 

एमालेविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सच्चिएर फर्किन आह्वान गरेको उनले बताए । ओलीले अहिले विपक्षी मोर्चामा सामेल भएकालाई सर्वोच्च अदालतको 

फैसला आउनुअघि नै सच्चिएर आउन आग्रह गरेको पनि थापाले बताए । 

ad
ad