१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १२:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भूकम्पपीडितलाई एक लाख निकासा दिँदा ३० हजार घुस लिने सबइन्जिनियर पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:२o:oo

ओखलढुंगामा भूकम्पपीडितसँग घुस लिने पुनर्निर्माण प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (जिमाली)बाट सिनपा– १ तलुवामा खटिएका सबइन्जिनियर राजन पासवान सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।

सबइन्जिनियर पासवानले भूकम्पपीडितलाई तेस्रो किस्ता रकम निकासा गरिदिन्छु भन्दै सेवाग्राहीबाट नगद ३० हजार घुस रकम लिएका थिए । उनले घुस रकम लिँदै गरेको गोप्य  सूचनाका आधारमा रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द काफ्लेले जानकारी दिए ।  

भूकम्पपीडितले निजी आवास निर्माणबापत पाउने तेस्रो किस्ता रकम निकासामा ढिलाइ भएको र आफूले सहजीकरण गरे मात्रै निकासा हुने आश्वासन दिएर सबइन्जिनियर पासवानले घुस लिएका थिए ।

पक्राउ परेका कर्मचारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ओखलढुंगामा पुनर्निर्माणका कर्मचारीले लाभग्राहीसँग विगतमा पनि घुस लिने गरेको तथ्य भेटिएको थियो । 
 

ad
ad