१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १o:o७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बंगलादेशसँगको व्यापार घाटा निरन्तर बढ्दो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:o७:oo

नेपाल–बंगलादेश व्यापार घाटा निरन्तर बढ्दो छ । बंगलादेशसँगबाट निर्यातभन्दा करिब ५ गुणा बढी आयात हुँदा व्यापार घाटा बढेको हो । चालू आर्थिक वर्षको ११ महिनामा बंगलादेशबाट ५ अर्ब ४८ करोड ७८ लाख ६८ हजार रुपैयाँको सामान आयात हुँदा ५७ करोड ३१ लाख १३ हजार रुपैयाँको नेपाली उत्पादन निर्यात भएको नेपाल–बंगलादेश व्यापारको समन्वय गर्दैै आएको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले जनाएको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म बंगलादेशसँगको व्यापारमा ४ अर्ब ९१ करोड ४७ लाख ५५ हजार रुपैयाँले घाटा रहेको लिमिटेडले जानकारी दिएको छ । 

चालू आर्थिक वर्ष सकिनै लाग्दा व्यापार घाटा सुधारको अपेक्षा नरहेको पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी काँकडभिट्टाका शाखा व्यवस्थापक लीलाधर सुवेदीले जानकारी दिए । उनले भने, ‘यो डाटा जेठसम्मको हो । असारको आधा समय बितिसक्यो । अहिले फाट्टफुट्ट मात्र नेपाली उत्पादन बंगलादेश गइरहेको छ ।’ निर्यात बढ्न नसके पनि आयात भने बढेको सुवेदीको भनाइ छ । विगतमा दैनिक २०–३० गाडी सामान आयात हुँदै आएकोमा अहिले  दैनिक ४०–५० गाडी सामान आयात हुन थालेको सुवेदीले बताए । तर, नेपालबाट फूलबारी नाकासम्म खाली गाडी जानुपर्ने अवस्था रहेको उनी बताउँछन् । 

बंगलादेशसँगको व्यापार घाटा यसपटक मात्र नभई प्रत्येक वर्ष निरन्तर बढिरहेको लिमिटेडले जनाएको छ । बंगलादेशसँगको व्यापारका लागि पूर्वीनाका मात्र प्रयोग हुन्छ । नेपालको मेची भन्सार कार्यालय हुँदै भारतको पानीट्यांकी–फूलबारीबाट बंगलादेशको बंगलाबन्दबाट व्यापार हुँदै आएको छ । नेपाल–बंगलादेशको व्यापारका लागि योबाहेक अन्य रुट छैन । बंगलादेशसँगको व्यापारका लागि करिब ४० किलोमिटर भारतीय स्थलमार्गको प्रयोग गर्नुपर्छ । 

नेपालबाट बंगलादेशमा दाल, अदुवा, चिराइतो, जडीबुटीलगायत नेपाली उत्पादन निर्यात हुँदै आएको छ भने बंगलादेशबाट औषधि, भटमासको दाना र पिना, मेसिनरी सामग्री, जुट, आलु, ब्याट्री, तयारी कपडा, टिस्युपेपरलगायत आयात हुने गरेको शाखा व्यवस्थापक सुवेदीले जानकारी दिए । 

बंगलादेशसँग आर्थिक वर्ष ०७४/७५ मा ३ अर्ब २८ करोड ६१ लाख ६६ हजार रुपैयाँ व्यापार घाटा थियो । उक्त आर्थिक वर्षमा ४ अर्ब ३७ करोड ६९ लाख ९ हजार रुपैयाँको सामान आयात हुँदा १ अर्ब ९ करोड ७ लाख ४३ हजार रुपैयाँको निर्यात भएको व्यवस्थापक सुवेदीले जानकारी दिए । यस्तै, आर्थिक वर्ष ०७५/७६ मा २ अर्ब ४१ करोड ३० लाख २६ हजार रुपैयाँको व्यापार घाटा थियो । त्यो समयमा ३ अर्ब ७४ करोड ७५ लाख ७६ हजार रुपैयाँको आयात हुँदा १ अर्ब ३३ करोड ४५ लाख ५० हजार रुपैयाँको नेपाली उत्पादन बंगलादेश निर्यात भएको हो ।

यस्तै, गत आर्थिक वर्ष ०७६/७७ मा बंगलादेशसँगको व्यापार घाटा ३ अर्ब ९६ करोड ५० लाख ६५ हजार रुपैयाँ थियो । गत आर्थिक वर्षमा ४ अर्ब ९२ करोड ३१ लाख २३ हजार रुपैयाँको सामान आयात हुँदा ९५ करोड ८० लाख ५७ हजार रुपैयाँको सामान बंगलादेश निर्यात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । व्यापार घाटा बढेर चालू आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ४७ लाख ५५ हजार रुपैयाँ पुगेको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडका काँकडभिट्टा प्रमुख सुवेदीले जानकारी दिए ।