१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १२:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चोभारमा सुक्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:o६:oo

चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । आइतबार इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरी सकिने बताएका छन् । बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उनले बताए  । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने पनि उनले बताए । 

उनले भने, ‘भन्सारका लागि र क्वारेन्टिनका लागि बिल्डिङ तयार भइसकेको छ । प्रशासनिक भवन निर्माण भइसकेको छ । एप्रिजल सेट जहाँ चेकजाँच गरिन्छ । तीनवटा तयार भइसकेको छ । ठूला–ठूला गोदाम दुईवटा निर्माण भइसकेकको छ । कन्टेनर यार्ड त्यो पनि तयार भइसकेको छ । पार्किङ यार्डहरू बनिसकेको छ । गेट तीनवटै धमाधम सकिने स्थितिमा छ । ड्राइभरका लागि खाना पकाउने ठाउँ, ट्वाइलेट, बाथरुम बनिसकेको छ । सञ्चालन गर्ने स्थितिमा पुगिसकेका छौँ ।’

काठमाडौंमा बनेको सुक्खा बन्दरगाहका कारण बाहिरी देशबाट सीधै काठमाडौंमा आउने सामग्रीहरू ल्याउन सहज हुने कार्यकारी निर्देशक गजुरेलले बताए । उनले भने, ‘बाहिरी देशबाट आउने सामानहरू जो काठमाडौंको गन्तव्य हुन्छ । उहाँहरूले म वीरगन्ज, विराटनगर, भैरहवा, नेपालगन्जमा क्लियर गर्दिनँ, सीधै काठमाडौंमा क्लियर गर्छु भन्दा यो सञ्चालनमा आएपछि यहीँ ल्याएर क्लियर गर्न सक्नुहुन्छ । व्यापारलाई सहजीकरण गर्ने, सामानको ढुवानी, ओसार–पसार गर्ने मूल्य घटाउन यसले महत्वपूर्ण योगदान दिनेछ । अहिले पनि तेस्रो मुलुकबाट आउने अथवा नेपाल, भारत, चीनबाट आएको ६० देखि ७० प्रतिशत सामान त काठमाडौंमा नै आइराखेको छ भनेपछि भोलिको दिनमा काठमाडौंको सामान काठमाडौंमा नै क्लियर हुने अवसर हुन्छ । यसले व्यापार सहजीकरण पनि गर्छ । लजिस्टिक कस्ट कम गर्छ । त्यसैले या बन्दरगाह महत्वपूर्ण छ ।’

वीरगन्ज, विराटनगर, भैरहवा, नेपालगन्जमा क्लियर नगरी सामग्री एकैचोटि काठमाडौंमा क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मूल्यलाई घटाउन योगदान गर्ने उनले बताए । 

ad
ad