१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o८:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षा तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:३४:oo

-उपत्यकाबाहिर पनि केन्द्र राखेर परीक्षा सञ्चालन गरिने  
- धरान, चितवन, पोखरा, नेपालगन्ज प्राथमिकतामा

चिकित्सा शिक्षाका स्नातक तहको एकीकृत प्रवेश परीक्षा विद्यार्थीको पायक पर्ने ठाउँमा सञ्चालन गर्ने तयारी भएको छ । कोभिड–१९ को संक्रमण बढेपछि स्थगित प्रवेश परीक्षा सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगले उपत्यकाबाहिरसमेत परीक्षा केन्द्र कायम गरी सञ्चालनको तयारी गरेको हो । 

आयोगले कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को परामर्शमा उपत्यकाबाहिर पनि केन्द्र कायम गरी परीक्षा सञ्चालनका लागि विवरण संकलन सुरु गरेको छ । सरकारी मेडिकल कलेज भएका ठाउँमा केन्द्र राख्ने गरी विद्यार्थीको पायक पर्ने ठाउँका बारेमा विवरण संकलन गरेको छ । चिकित्सा शिक्षाका कार्यक्रम अध्ययनका लागि फारम भर्नेको संख्या धेरै भएको र उपत्यकामा मात्र सञ्चालन गर्न कठिन हुने भएकाले बाहिर पनि केन्द्र राखेर परीक्षा सञ्चालन गर्न विवरण संकलन गरेको आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलले जानकारी दिए ।

एकीकृत परीक्षा सञ्चालनका लागि सिसिएमसीसँग छलफल भएको र भिड कम गरी जोखिम कम गर्ने विकल्पको खोजी भइरहेको उनले बताए । ‘उपत्यकाबाहिर परीक्षा केन्द्र हुँदा काठमाडौंमा भिड कम हुन्छ, विद्यार्थी संख्या उपयुक्त भएमा बाहिर पनि केन्द्र राखेर परीक्षाका लागि सिसिएमसीले अनुमति दिन सक्छ,’ लुइँटेलले भने । धरान, चितवन, काठमाडौं, पोखरा, नेपालगन्ज प्राथमिकतामा छन् । आयोगले सकेसम्म सरकारी मेडिकल कलेजलाई प्राथमिकतामा राखेको छ । 

विद्यार्थीलाई उपयुक्त स्थान रोज्न सार्वजनिक सूचना जारी गरी १० असार ५ बजेसम्मको समय दिइएको छ । आयोगको परीक्षा निर्देशनालयको परीक्षासम्बन्धी सूचनामा भनिएको छ, ‘उम्मेदवारले छनोट गरेको स्थानमा परीक्षा केन्द्र कायम गर्ने÷नगर्ने सम्बन्धमा उत्पन्न परिस्थितिको अवस्था विश्लेषणपछि मात्र निर्णय हुनेछ ।’ परीक्षार्थीको परीक्षा केन्द्रको विवरण प्रवेशपत्रमा उल्लेख हुने जनाएको छ । 

चिकित्सा शिक्षाका कार्यक्रम पढ्न ३२ हजारको आवेदन
चिकित्सा शिक्षा आयोगले पहिलोपटक चिकित्सा शिक्षाको स्नातक तहको एकीकृत प्रवेश परीक्षा लिँदै छ । जेठ दोस्रो सातादेखि एकीकृत प्रवेश परीक्षा लिने तयारी गरे पनि कोभिडको संक्रमण उच्च दरले फैलिएपछि अनिश्चितकालका लागि स्थगित भएको छ । पहिलोपटक हुन लागेको स्नातक तहको एकीकृत परीक्षामा अनलाइनमार्फत ३२ हजार दुई सय ८५ विद्यार्थीले फारम भरेका छन् ।

सबैभन्दा बढी एमबिबिएसका लागि १० हजार सात सय ३४ विद्यार्थीले फारम भरेका छन् । त्यसैगरी, बिडिएसका लागि चार हजार पाँच सय २४, बिएस्सी नर्सिङमा चार हजार पाँच, बिएनमा तीन हजार चार सय ८०, बिफाममा तीन हजार एक सय ९० विद्यार्थीले फारम भरेका छन् ।

ad
ad