१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस नयाँ दिल्ली
२०७८ असार ५ शनिबार १५:४०:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा कोरोना संक्रमणदर उल्लेख्य रूपमा घट्यो, एक दिनमा थपिए ६० हजार संक्रमित 

Read Time : < 1 मिनेट
रासस नयाँ दिल्ली
२०७८ असार ५ शनिबार १५:४०:००

भारतमा कोरोना भाइरस संक्रमणदर उल्लेख्य मात्रामा घटेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्यामा निरन्तर कमी हुँदै आएको छ । 

मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ६० हजार सात सया ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।   

पछिल्ला तथ्यांकलाई हेर्दा दैनिक संक्रमितको संख्यामा २.९८ प्रतिशतको दरले कमी हुँदै आएको मन्त्रालयले शनिबार जनाएको छ ।

भारतमा पछिल्लो २४ घन्टामा एक हजार ६ सय ४७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको देखिएको छ । 

यसैगरी सोही अवधिमा कुल ९७ हजार सात सय ४३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

भारतमा अहिलेसम्म कुल दुई करोड ९८ लाख २३ हजार पाँच सय ४६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये सात लाख ६० हजार १९ जना अहिले पनि संक्रमित अवस्थामै छन् । 

कोरोनाभाइरसलाई जितेर संक्रमणमुक्त भएकाहरूको कुल संख्या भने दुई करोड ८६ लाख ७८ हजार ३९० रहेको छ ।