१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १९:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पार्टीको विवाद निरुपणका लागि जसपा फेरि निर्वाचन आयोग जाने (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:३३:oo

पार्टीको आधिकारिकताको माग गर्दै जनता समाजवादी पार्टी पुनः निर्वाचन आयोग जाने भएको छ । जनता समाजवादी पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताए । 

पार्टीमा आफ्नो पक्ष स्पष्ट बहुमतमा भएको र पार्टीको कार्यदिशा र योजनाको पक्षमा पनि आफूहरू नै रहेकाले पार्टीको आधिकारिकता माग गर्ने निर्णय गरिएको उनले बताए । उनले भने, ‘निर्वाचन आयोगमा हाम्रो पार्टीमा केही व्यक्तिहरूले जुन विवाद सिर्जना गरेका छन्, त्यसको निरुपणका निम्ति पार्टीको आधिकारिकताको टुंगो लगाउनलाई निर्वाचन आयोगमा फेरि प्रस्तुत हुने भन्ने हामीले निर्णय गरेका छौँ । किनकि हाम्रो पार्टीको स्पष्ट बहुमत अहिले पनि हामीसँग छ । कार्यदिशा र योजनाको हिसाबले पनि प्रतिगमनको विरुद्धमा दृढतापूर्वक उभिने जुन जसपाको ध्येय हो त्यो पनि हामीसँग नै छ । त्यसैले त्यो विषयमा पनि हामीले निर्णय गरेका छौँ ।’

उनले महन्थ ठाकुर पक्षले पार्टीको नाम र लोगो दुरुपयोग गरेको पनि बताए । उनले भने, ‘बहुमत भएकाले पार्टीको नाम, चिह्न, लोगोलगायत स्वतः हामीले पाउनुपर्ने । उहाँहरू अल्पमत पक्षले पनि पार्टीको नाम, लोगो प्रयोग गरिरहनुभएको छ । त्यो असंवैधानिक र दुरुपयोग हो ।’

कार्यकारिणी समिति बैठकले पार्टीको जनपरिचालनका लागि कार्ययोजना बनाउन मृगेन्द्रसिंह यादवको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाएको छ । सरकारले तराई–मधेसका सीमावर्ती क्षेत्रमा हुने डुबानबारे भारतसँग कुरा गरेर समस्याको हल गर्न पहल गरोस् भन्ने निर्णय गरेको पनि भट्टराईले बताए । 

जसपाले बाढीपहिरोको समस्यामा तत्काल राहत, उद्धारको काममा खट्न पनि नेता–कार्यकर्तालाई निर्देशित गरेको छ । सरकारले गिटी, बालुवा निकासी गर्ने निर्णय गरेको भन्दै पर्यावरणीय र राष्ट्रिय हिसाबले गलत ठहर गर्दै त्यसको विरुद्धमा अभियान चलाउने निर्णय पनि गरिएको भट्टराईले बताए ।
 

ad
ad