
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतीय समकक्षी डा. एस जयशंकरको बधाई सन्देश पाएका छन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधवार परराष्ट्र मन्त्रालयमा पुगेर महासेठलाई जयशंकरको बधाई पत्र हस्तान्तरण गरेका छन् ।
महासेठ २१ जेठमा परराष्ट्रमन्त्री भएका थिए । पाँच दिनपछि उनले भारतीय समकक्षीको बधाई पाएका हुन् । उपप्रधानमन्त्री महासेठले भारतबाट नेपालले खरिद गरेको १० लाख डोज खोप आपूर्तिका लागि सहजीकरण गरिदिन राजदूत क्वात्रा मार्फत् भारत सरकारलाई आग्रह गरेका छन् ।
परराष्ट्रद्धारा जारी विज्ञप्तिमा उपप्रधानमन्त्री महासेठ र राजदूत क्वात्राबीच दुई देशका सम्बन्धका विभिन्न बिषय तथा खोप आपूर्तिका बिषयमा बिमर्श भएको उल्लेख छ ।