मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १o:४५:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बाँकेका सात हजार ६ सय ७५ ज्येष्ठ नागरिकलाई आज भेरोसेल खोप लगाइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४५:oo

बाँकेका ६२ देखि ६५ वर्ष उमेर समूहका सात हजार ६ सय ७५ ज्येष्ठ नागरिकलाई आज कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाइँदै छ । जिल्लाका ८३ खोप केन्द्रमार्फत ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन मानव नेपालीले जानकारी दिए । 

सरकारले ६०–६५ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप दिने भने पनि खोप अपुग भएपछि पहिलो चरणमा ६२–६५ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चाइनामा उत्पादित भेरोसेल खोप लगाउन लागेको उनले बताए । ‘यस अघि ६०–६४ वर्ष उमेर समूका १५ हजार बढी  ज्येष्ठ नागरिकलाई खोप दिने योजना थियो, सरकारले नीति परिवर्तन गरेर परिपत्र गरेपछि आज ६२–६५ वर्ष उमेर समूहलाई मात्र खोप दिइन लागिएको हो,’ उनले भने । 

उनले नेपाल आयल निगमअन्तर्गत ट्यांकरचालकलाई पनि खोप दिइने बताए । बाँकेका चार सय पाँचजना ट्यांकरचालकलाई खोप दिन लागिएको उनले बताए । ‘ट्यांकरचालकलाई नेपाल–भारत ओहोरदोहोर गरी राख्नुपर्ने भएकाले उनीहरूलाई पनि भेरोसेल खोप दिइने भएको छ,’  उनले भने । बाँकेमा आठ हजार डोज खोप सरकारले पठाएको छ । 

खोप लगाउनेमा नेपालगन्जका सबैभन्दा धेरै
बाँकेका ८ स्थानीय तहमध्ये खोप लिनेमा सवैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकाका ज्येष्ठ नागरिक रहेको कोरोना फोकल पर्सन नेपालीले बताए । उनले २३ वटा खोप केन्द्रमार्फत नेपालगन्ज उपमहानगरपालिकाका दुई हजार २५ जनालाई खोप दिइनेनछ । 

त्यसैगरी, कोहलपुर नगरपालिकाका एक हजार ८०, बैजनाथका नौ सय ३५, डुडुवाका पाँच सय ६८, जानकीका ६ सय ५८ र खजुरा गाउँपालिकाका ८ सय ७० जना जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य रहेको छ । उनका अनुसार, नरैनापुरका पाँच ५८ र राप्तीसोनारी गाउँपालिकाका नौ सय ५० जना ज्येष्ठ नागरिकले पनि खोप पाउने भएका छन् । उनले स्थानीय तहका सबै वडास्तरीय खोप केन्द्रमार्फत खोप प्रदान गरिने बताए । 

नेपालगन्ज उपमहानगरपालिकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप सञ्चालन गरिने जनाएको छ ।आफूलाई पायक पर्ने वडास्थित स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन उपमहानगरले वडासँग आग्रह गरेको छ । खोप लगाउन आउँदा परिचय खुल्ने कागजात लिएर आउन आग्रहग रिएको स्वास्थ्यशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।