१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ शैक्षिक सत्र नजिकिँदै : पुस्तक बिक्री वितरणलाई छैन अनुमति

शिक्षामन्त्री भन्छन्– सिसिएमसीबाट निर्णय हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३३:oo

सरकारकै निर्णयअनुसार आगामी १ असारदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भए पनि अझैसम्म पुस्तक ढुवानी तथा बिक्री–वितरण खुला भएको छैन । निषेधाज्ञा लम्बिँदै गए पनि पुस्तक बिक्री–वितरणबारे सरकार मौन छ ।विद्यालय तहका पुस्तक छपाइ गरेको जनक शिक्षा सामग्री केन्द्रले देशभरका आठवटा डिपोमा पाठ्यपुस्तक पुर्‍याए पनि निषेधाज्ञाकै कारण विक्रेताहरूले पुस्तक उठाउन नसकेको आइतबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई जानकारी गराएको छ ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले पाठ्यपुस्तक बिक्रीमा समस्या भएको विषयमा शिक्षामन्त्रीलाई ब्रिफिङ गरेका हुन् । शिक्षामन्त्री श्रेष्ठले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा प्रस्ताव लगेर यसबारेमा निर्णय गराउने बताए । उनका अनुसार जनक शिक्षाका विक्रेतालाई आवतजावतमा अनुमति दिन र पुस्तक पसल खुला राख्न सिसिएमसीसँग अनुमति मागिने भएको छ । 

जनक शिक्षा सामग्री केन्द्रले देशभरका आठवटा डिपोमा पाठ्यपुस्तक पुर्‍याइसकेको छ । निषेधाज्ञाका कारण जिल्लाका विक्रेताहरू आवतजावत गर्न अनुमति नपाउँदा डिपोसम्म पुगेर पुस्तक खरिद गर्न पाएका छैनन् । अघिल्लो वर्ष सरकारले निषेधाज्ञाको समयमा पनि जनक शिक्षाका विक्रेतालाई आवतजावत गर्न अनुमति दिएको थियो भने पुस्तक पसल निश्चित समय तोकेर खुला गर्न दिएको थियो । तर, आगामी शैक्षिक सत्रमा भौतिक रूपमा पठनपाठन हुने अवस्था नभए पनि पुस्तकसमेत नपाउँदा स्वाध्यायनमा समेत समस्या हुने देखिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । उनले बजेटमा समेटिएको विषय १ साउनदेखि नै कार्यान्वयनमा लाग्न निर्देशन दिए । त्यसका लागि कार्यविधि छिटो बनाउनुपर्ने उनको भनाइ थियो । मन्त्री श्रेष्ठले १ असारबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न र वैकल्पिक विधि प्रयोग गरी कक्षा सञ्चालन गर्न निर्देशन पनि दिए । 

ad
ad