मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
एजेन्सी वासिङ्टन
Invalid date format o७:५१:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

ट्रम्पको फेसबुक अकाउन्ट  दुई वर्षलाई प्रतिबन्ध 

Read Time : > 1 मिनेट
एजेन्सी वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
Invalid date format o७:५१:oo

सामाजिक सञ्जाल फेसबुक कम्पनीले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका सबै अकाउन्ट दुई वर्षका लागि प्रतिबन्ध गरेको छ । ७ जनवरी ०२१ देखि लागू हुने गरी पूर्वराष्ट्रपति ट्रम्पका सबै फेसबुक अकाउन्ट प्रतिबन्ध गरेको शुक्रबार विज्ञप्ति जारी गर्दै फेसबुकले जनाएको छ । अब ट्रम्पले ७ जनवरी ०२३ मा फेसबुक चलाउन पाउनेछन् । अकाउन्ट प्रतिबन्ध भएपछि ट्रम्पले सन् २०२४ को नोभेम्बरमा हुने निर्वाचनअघि मात्र फेसबुक चलाउन सक्नेछन् । 

फेसबुकको ग्लोबल अफियर्सका उपाध्यक्ष निक क्लेगले भविष्यमा ट्रम्पले शान्ति सुरक्षा र समाजमा नकारात्मक सन्देश प्रवाह गर्न नसकून् भनेर अकाउन्ट प्रतिबन्ध गर्नुपरेको बताएका छन् । ‘हामी हिंसात्मक घटना, शान्तिमय सभा र नागरिकको मूल्यांकनका आधारमा यस्तो निर्णय लिन बाध्य छौँ,’ उपाध्यक्ष निकले भने । यसअघि ट्विटरले ट्रम्पको अकाउन्ट सधैँका लागि बन्द गरिसकेको छ । 

फेसबुक तथा ट्विटरबाट टाढा रहनुको पछाडि अमेरिकी निर्वाचनपछि ट्रम्पले दिएका अभिव्यक्तिलाई प्रमुख विषय मानिएको छ । निर्वाचनमा पराजित भएपछि ट्रम्पले सबैजसो सामाजिक सञ्जालबाट अभद्र, अशोभनीय तथा हिंसा भड्काउने टिप्पणी गरेका थिए । अमेरिकाका ४६औँ राष्ट्रपति निर्वाचनमा पराजित भएपछि ६ जनवरीमा उनले अमेरिकी संसद् क्यापिटल हाउसमा हिंसात्मक गतिविधि फैलने किसिमका अभिव्यक्ति दिएका थिए । त्यस दिन संसद्मा निर्वाचनको अन्तिम परिणाम घोषणा हुँदै थियो । 

ट्रम्पले संसद्मा प्रतिरोध गराउने उद्देश्यका साथ सामाजिक सञ्जालमा भड्किलो टिप्पणी दिएका थिए । उनकै ट्विटपश्चात् समर्थकहरू उग्र बनेका थिए । त्यसपछि हजारौँ समर्थकले क्यापिटल हाउसमा पुगेर उपद्रो मच्चाएका थिए । यस घटनामा सुरक्षाकर्मीसहित प्रदर्शनकारीको निधन भएको थियो । घटनाको भोलिपल्ट अर्थात् ७ जनवरीमै फेसबुकलगायत अन्य सोसियल मिडियाले राष्ट्रपति ट्रम्पविरुद्ध एक्सन लिएका थिए ।

फेसबुक, इन्स्टाग्राम, युट्युब र गुगल कम्पनीले केही समयका लागि मात्र ट्रम्पका अकाउन्ट बन्द भएको घोषणा गरेका थिए । यता, ट्विटरले भने ट्रम्पका अकाउन्ट सधैँका लागि बन्द गरिदिएको थियो । सामाजिक सञ्जाल सञ्चालकहरूले कारबाही गर्दा ट्रम्प अमेरिकाका राष्ट्रपति पदमै थिए । राष्ट्रपतिको हैसियतबाट ट्रम्पले एक सातापछि सबै सामाजिक सञ्जाल कम्पनीका मालिकहरूलाई धम्कीपूर्ण उत्तर पठाएका थिए । 

ट्रम्पले भनेका थिए, ‘अर्कोपटक ह्वाइटहाउसमा हुने रात्रिकालीन भोजमा कोही पनि सामाजिक सञ्जालका मालिक र सिइओलाई बोलाइनेछैन ।’ त्यसवेला ट्रम्पले फेसबुकका सिइओ मार्क जुकरबर्ग र उनकी श्रीमतीलाई ह्वाइटहाउसमा निम्तो नदिने भनेका थिए । 

फेसबुकले साढे सात करोड अमेरिकी नागरिकको बेइज्जत गर्‍यो : ट्रम्प 
फेसबुकको कारबाहीपछि ट्रम्पले सात करोड ५० लाख अमेरिकी जनताको बेइज्जत भएको प्रतिक्रिया दिएका छन् । ‘सन् २०२० को निर्वाचनमा सात करोड ५० लाख अमेरिकी जनताले मतदान गरेका थिए, निर्वाचनमा भएका घटनालाई आधार मानेर कारबाही भएको छ, यो सबै मतदान गर्नेहरूकै अपमान भएको छ,’ ट्रम्पले भनेका छन् । 

लोकतान्त्रिक मुलुकमा कुनै एक व्यक्तिको अकाउन्ट बन्द गरेर केही पनि नहुने उनको भनाइ छ । उनी भन्छन्, ‘सर्वसाधारणका अकाउन्ट बन्द गर्नाले उनीहरू पराजित हुँदैनन्, हामी फेरि निर्वाचनमा विजयी हुन्छौँ ।’ अर्कोपटकको निर्वाचनमा जित निकालेर अमेरिकी जनताको अपमानको बदला लिने उनले बताएका छन् ।