१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७८ जेठ २० बिहीबार १०:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बहुमत भएर पनि अध्यादेशमार्फत प्रदेश सरकार चलाउन खोजेको कांग्रेसको आरोप

Read Time : < 1 मिनेट
२०७८ जेठ २० बिहीबार १०:५२:००

प्रदेश १ कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकार आफ्नै पार्टीको बहुमत भएको संसददेखि पनि डराएर अध्यादेशमार्फत प्रदेश सरकार चलाउन खोजेको आरोप लगाए ।

उनले केन्द्र सरकारकै सिको गर्दै प्रदेशले पनि अध्यादेशमार्फत सरकार चलाउन खोजेको आरोप लगाए । ‘उहाँहरू बजेट नै अध्यादेशमार्फत ल्याउने तयारीमा हुनुहुन्थ्यो । हामीले दबाब दिएपछि संसद् बोलाउँछु भन्नुभएको छ । तर, आफ्नै बहुमतको प्रदेश सभासँग डराएर अध्यादेश ल्याउनुभयो । उहाँहरूकै पार्टीको बहुमत छ । प्रदेश सभाबाटै ऐन संशोधन गरे भइहाल्यो नि !,’ उनले भने, ‘उहाँहरूकै पार्टीको संघीय सरकारले पनि अध्यादेशमार्फत देश चलाइरहेको छ । उहाँहरू पनि केपी ओली सरकारकै कारिन्दा भएर प्रदेश सरकार चलाउँदै हुनुहुन्छ ।’

तर, प्रदेश सरकारले भने समय नभएकाले अध्यादेश ल्याउनुपरेको जनाएको छ । प्रदेश– १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले महामारी र प्रदेश सभाको भवन बनाउँदै गरेका कारण संसद् लामो चलाउन नचाएको बताए । ‘हामी यस्तो अवस्थामा संसद् लामो समय चलाउन सक्दैनौँ । हामी संसद्को नयाँ भवन पनि बनाइरहेका छौँ । असार १ मा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘अब १०–१२ दिन मात्र छ बजेट ल्याउन । त्यही कारण ऐन अध्यादेशमार्फत संशोधन गरेका हौँ ।’