१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १९ बुधबार ०८:१४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कालो ढुसी संक्रमण भएको कसरी थाहा पाउने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १९ बुधबार ०८:१४:००

कोभिड– १९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी (म्युकरमाइकोसिस)को संक्रमण अहिले केही मानिसमा पुष्टि भएको छ । यो संक्रमण बिरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुन सक्ने भएकाले समयमा नै ध्यान पुर्‍याउनुपर्छ ।

प्रारम्भिक लक्षण

- अनुहार, मुख, नाक आँखावरिपरि दुख्ने ।
- आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने ।
- नाकबाट रगत बग्ने, बाक्लो सिंगान आउने ।
- ज्वरो आउने ।
- आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने ।
- दाँत दुख्ने वा हल्लिने ।

कस्ता व्यक्ति बढी जोखिममा ?

- ४५ देखि ६५ वर्ष उमेर समूह ।
- डाइबेटिक वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू ।
- धेरैखाले एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरू ।

रोकथामका उपायहरू

- सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने ।
- नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।
- व्यक्तिगत स्वच्छतामा ध्यान दिने । 
- घरबाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने ।
- धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने । 
- नुनिलो पानीले नाक सफा गर्ने ।
- पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने ।
- जथाभावी स्टोरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने ।
- सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने ।
- स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि सेवन गर्ने । 
- कालो ढुसी संक्रमण कोरोनाजस्तो एक मानिसबाट अर्को मानिसमा सर्दैन ।

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय