१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार o६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री ओलीले भने-  चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:१७:oo

प्रधानमन्त्री केपी ओलीले चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार भएको बताएका छन् । गणतन्त्र दिवस, २०७८ का अवसरमा शनिबार नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन् । 

‘आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष हो । निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्न र निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्दछ । यसै अभिप्रायका साथ आगामी कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा आमनिर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ । यतिवेला चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुष्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु,’ प्रधानमन्त्री ओलीको सम्बोधनमा छ । 

प्रधानमन्त्री ओलीले सम्बोधनमा थपेका छन्, ‘मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु एक मात्र विकल्प हुन पुग्यो । सबै दलहरूले आफूलाई जनपरीक्षण गर्ने अवसर पनि यस क्रममा नै प्राप्त गर्नेछन् । तसर्थ सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न प्रतिबद्ध छ ।’

ad
ad