१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार १५:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सभामुख सक्रिय हुनुपर्‍यो : रमण श्रेष्ठ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १५:२९:oo

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटालाई सक्रिय भूमिका खेल्न सुझाब दिएका छन् ।

सभामुखले बिहीबार आयोजना गरेको संविधानविद् र कानुनविद्सँग छलफलमा श्रेष्ठले सभामुखको सक्रियता नपुगेको बताएका छन् । उनको भनाइ छ, ‘सभामुखको सक्रियता पुगेन भन्ने लाग्छ। संविधानमा भएका सबै अधिकारलाई प्रयोग गर्नुपर्ने जरुरी छ। सभामुखलाई अनुरोध गर्न चाहन्छु, उहाँले सक्रियता बढाउन जरुरी छ। यस्तो ऐतिहासिक दायित्व आएको छ।’

सभामुखले पत्रकार र नागरिक समाजसँग पनि छलफल गर्नुपर्ने बताए । त्यस्तै श्रेष्ठले भने, ‘असामान्य अवस्था आयो भने भोलि प्रतिनिधिसभाको बैठक पनि डाक्नुपर्ने अवस्था आउँछ भन्ने कुरा पनि यहाँ उठेको छ। योभन्दा असामान्य अवस्था कहिले आउँछ ? त्यो अवस्थामा पुग्नुपर्ने स्थिति आउँछ कि आउँदैन, सभामुखले सोच्न जरुरी छ।’

ad
ad