१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख ३० आइतबार ११:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

करेन्ट लागेर बालकको मृत्यु

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:o९:oo

सर्लाहीको बरहथवामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । बरहथवा नगरपालिका–१५ पिपराभित्ता सुकुम्वासी टोला निवासी परिसर सहनीका छोरा १५ वर्षीय रामु सहनीको करेण्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा बत्ति जोड्ने क्रममा बालकलाई करेण्ट लागेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको हो । 

करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई तत्काल बरहथवा स्थित प्राथमिक स्वास्थ्य चौकी पुर्‍याएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतक बालकको सव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक मदन कुवँरले जानकारी दिए । 
 

ad
ad