१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १३:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोरोना महामारीका कारण राप्रपाको महाधिवेशन स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:o८:oo

कोभिड १९ को महामारी भयाभह हुँदै गएको भन्दै राप्रपाले केन्द्रीय महाधिवेशन स्थगित गरेको छ । राप्रपाले २२ देखि २५ जेठसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । यसका लागि जिल्ला र गाउँस्तरका अधिवेशन पनि भइरहेका थिए । 

राप्रपा नेता मोहन श्रेष्ठले कोभिड १९ को महामारीका कारण अनिश्चितकालका लागि महाधिवेशन स्थगित भएको जानकारी दिए । ‘पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीसहित कार्यव्यवस्था सचिवालय बैठकको शनिबार बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो’, श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘पार्टीपंक्ति अब कोरोना महामारी नियन्त्रणका लागि परिचालित हुनेछ ।’ 

राप्रपाले निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेशमा र कूटनीतिक पहल गरी कोभिड–१९ को महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयास गर्न सरकारसँग मागसमेत गरेको छ । यसैगरी नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न पनि राप्रपाले माग गरेको छ । 

राप्रपाले सुरुमा महाधिवेशन वैशाख २५–२८ मा काठमाडौंमा तोकेको थियो । कोभिड महामारी बढ्दै जाँदा जेठ २२ देखि २५ सम्म महाधिवेशन तय भएको थियो । 

ad
ad