१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ओली–नेपाल एकतातिर : नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा, ओली–नेपाल टेलिफोन वार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:४१:oo

नेकपा एमालेको संस्थापन पक्षको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले कारबाही फुकुवाको निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । ‘उहाँहरूमाथिको कारबाही फुकुवा गर्ने निर्णय भएको छ, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अहिलेको अवस्थामा पार्टी एकता कामय राख्न लचकतासहित प्रस्तुत हुनुभएकाले एकताबद्ध एमाले बनाउन नयाँ आधार खडा भएको छ,’ बैठकपछि ज्ञवालीले नयाँ पत्रिकासँग भने ।

बैठक चलिरहेकै बीचमा ओली–नेपालबीच टेलिफोन वार्तासमेत भएको जानकारी दिँदै ज्ञवालीले उनीहरूबीच पार्टीलाई एकताबद्ध बनाउन छिट्टै वार्ता हुन लागिरहेको संकेतसमेत गरे । बैठकले राष्ट्रिय राजनीतिक परिस्थितिलाई मूल्यांकन गर्दै पार्टी एकतासम्बन्धी सबै निर्णय गर्ने अधिकार ओलीलाई प्रत्यायोजन गरेको छ ।

एकताको वातावरण बनाउन संस्थापन पक्षका उपमहासचिव विष्णु पौडेल, प्रवक्ता ज्ञवाली, गोकुल बाँस्कोटालगायतका नेताहरू हिजो रातिदेखि नै सक्रिय थिए । आज बिहान पौडेलले नेपालसँग कोटेश्वरस्थित निवासमै पुगेर अलग्गै छलफल गरेका थिए ।

ad
ad