मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २७ सोमबार ११:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसइई र कक्षा १२ को परीक्षा स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २७ सोमबार ११:२२:००

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले कोभिड– १९ को संक्रमण उच्च भएकाले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षा गर्न सक्ने अवस्था नभएकाले बैठक बसेर परीक्षा स्थगित गर्ने निर्णय गरेको बताए । अध्यक्ष पौडेलले भने, ‘अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको छ ।’

कोभिड– १९को महामारीका कारण परीक्षा के गर्ने, यस्तै अवस्था लामो समय रहँदा के गर्ने भन्ने निर्णय नहुँदा विद्यार्थीदेखि अभिभावकसम्म अन्योलमा परेका थिए । बोर्डले १३ जेठदेखि एसइई र २६ जेठदेखि कक्षा १२ को तय भएको परीक्षा तय गरेको थियो । 

एसइईको परीक्षाका लागि सबै जिल्लाबाट गरी दुई हजार १५ परीक्षा केन्द्रका लागि सिफारिस भएर आएका थिए । ०७७ सालको एसइईमा करिब पाँच लाख १५ हजारले आवेदन भरेका थिए । कक्षा १२ को यकिन विवरण नआए पनि साढे चार लाखको हाराहारीमा हुने आकलन थियो ।